Logo
१६ बैशाख २०८१, आईतबार
(April 27, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कांग्रेस बैठक स्थगित, फोरम लोकतान्त्रिकसंग भएको एकीकरण सहमति लागू हुनुपर्ने माग

काठमाडौं, १४ बैशाख  : नेपाली कांग्रेस केन्द्रीय समिति बैठक शनिबार बिहान बस्ने गरी स्थगित गरिएको छ । आजको बैठकमा बोल्दै आमन्त्रित केन्द्रीय सदस्य विजय गच्छदारले नेपाली कांग्रेस र फोरम लोकतान्त्रिक एकीकरण हुँदा भएका सहमति लागू हुनुपर्नेमा जोड दिएका छन् ।

हिजो तीन घण्टा बोलेका गच्छादार आज पनि बैठकको शुरुवातमा बोलेका थिए । उनले पार्टी एकीकरणको समयमा गरिएको सहमति अनुसार उपसभापतिको दाबी गरेका थिए । निर्वाचित केन्द्रीय सदस्य मात्रै मनोनित हुने विधानका कारण गच्छदारलाई उपसभापति बन्न नसक्ने विधानको अड्चन छ।

गच्छदार लगत्तै बोलेका बरिष्ठ नेता रामचन्द्र पौडेलले दलमा पारदर्शिता नभएको भन्दै सभापतिको आलोचना गरेका थिए । पौडेलले निर्वाचनमा भएको अन्तर्घातको छानबिन गर्नुपर्ने बताएका थिए । पौडेलले विधान विपरीत नेतृत्व चलेको भन्दै सभापतिको आलोचना गरेका थिए ।

जारी केन्द्रीय समितिको बैठकमा महामन्त्रीको प्रतिवेदन भोलि पेश हुने बताइएको छ। पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले महामन्त्रीको प्रतिवेदनले हालसम्म उठेका धारणाहरुको सम्बोधन गर्ने बताए । दलको आगामी कार्यनीति पनि प्रतिवेदनमा समावेश भएको उनले बताए ।

महामन्त्रीको प्रतिवेदन बैठकमा प्रस्तुत भएपछि सबैका सुझाव समेटेर पारित गरिने उनले जानकारी गराए । बैठक शनिबार ९ बजे बस्ने जनाइएको छ ।

प्रकाशित मिति: Apr 27, 2018

प्रतिक्रिया दिनुहोस्