Logo
२ जेष्ठ २०८१, बुधबार
(April 27, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपालको परिवर्तनमा शिक्षकहरुको महत्वपूर्ण र निर्णायक भूमिका : प्रचण्ड

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेपालको परिवर्तनमा शिक्षकहरुको भूमिका महत्वपूर्ण र निर्णायक भएको बताएका छन् । शुक्रबार बिहान विश्व शिक्षक संगठनका अध्यक्ष मफुजा खानमसहितको टोलीसँगको भेटमा अध्यक्ष प्रचण्डले निरंकुश व्यवस्था विरुद्धका विभिन्न आन्दोलन र १० वर्षे जनयुद्धमा पनि नेपाली शिक्षकहरुको ठूलो त्याग र बलिदान भएको बताए ।

विश्व शिक्षक संगठनले आगामी सेप्टेम्बरमा गर्ने १९ औं विश्व सम्मेलनको तयारी बैठकको सिलसिलामा नेपालमा भेला भएका विश्व शिक्षक संगठनका प्रतिनिधिहरुले प्रचण्डलाई भेटेका हुन् । ३ जना भारतका र २ जना बंगलादेशका प्रतिनिधि सहितका शिक्षकको टोलीले बिहानै प्रचण्डलाई भेटेको हो ।

अध्यक्ष प्रचण्डले विश्व शिक्षक संगठनको सम्मेलन नेपालमा हुन लागेकोमा खुशी व्यक्त गर्दै प्रचण्डले आफू शिक्षक पृष्ठभूमिबाट आएको बताए । उनले भने, ‘हाम्रो पार्टीका अधिकांश नेताहरु पनि शिक्षक पृष्ठभूमिबाटै आउनुभएको छ । नेपालमा शिक्षकको भूमिको महत्वपूर्ण छ ।’

विश्व शिक्षक संगठनकी अध्यक्ष मफुजा खानमले नेपालमा शिक्षकहरुको संघर्ष दुनियाँका लागि गौरवको विषय भएको बताइन् । खानमले अध्यक्ष प्रचण्डलाई भनिन्, ‘हामी सम्पूर्ण शिक्षकहरुका लागि तपाई आदर्श व्यक्तित्व र प्रेरणाको स्रोत हो ।’

प्रकाशित मिति: Apr 27, 2018

प्रतिक्रिया दिनुहोस्