Logo
१७ बैशाख २०८२, बुधबार
(April 26, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मर्यादा क्रममा आफूलाई पछि पार्न लागिएको गोपालमानको गुनासो

काठमाडौं, १३ बैशाख : नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठले पार्टीको मर्यादा क्रममा आफूलाई पछि पार्न लागिएको भन्दै पार्टी बैठकमा गुनासो गरेका छन्।

पार्टीको जारी केन्द्रीय समितिको बैठकमा करिब दुई घण्टा बोलेका श्रेष्ठले आफ्नो विगत देखिको भूमिका बारे सुनाएका थिए।

उपसभापतिको आकांक्षी समेत रहेका श्रेष्ठले आफ्नो इतिहास कोट्याउन लागेपछि सभापतिले छोट्याउन पटक–पटक आग्रह गरेका थिए।

बोल्ने क्रममा श्रेष्ठले बरिष्ठ नेता रामचन्द्र पौडेलको आलोचना गरेका थिए। लिखित रूपमा पौडेलले सभापतिलाई लगाएको आरोपको उनले प्रतिवाद गर्दै निर्वाचन पराजयको जिम्मेवारी पौडेलको पनि भएको उनले औँल्याए।

बैठकमा विजय गच्छदार, महामन्त्री शशांक कोइराला,कोषाध्यक्ष सीतादेवी यादवले बोलेपछि पार्टी सभापतिले जवाफ दिने बताइएको छ। केन्द्रीय सदस्य चीनकाजी श्रेष्ठले बैठक आजै सकिने बताएका छन्।

प्रकाशित मिति: Apr 26, 2018

प्रतिक्रिया दिनुहोस्