Logo
१६ चैत्र २०८०, शुक्रबार
(April 25, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

साउदीमा मृत्युदण्ड पाएका उमेश यादवलाई पाकिस्तानी परिवारबाट माफी

काठमाडौँ : साउदी अरबमा मृत्युदण्डको सजाय पाएका धनुषाका उमेश यादवलाई पीडित परिवारले बुधबार माफी दिएका छन् । पाकिस्तानी नागरिकको हत्या गरेको अभियोगमा यादव जुवेल जेलमा बसिरहेका छन् । पीडित पक्षलाई पीडक पक्षले ब्लडमनि दिन तयार भएको छ। ब्लडमनिबापतको रकम खुलाइएको छैन।

पाकिस्तानको फैसलवादस्थित पीडित परिवारको घरमा पीडित पक्ष र उमेशका तर्फबाट क्षमा माग्न पुगेका सरोज रायबीच सौहर्दापूर्ण छलफल भएपछि पीडित पक्ष उमेश यादवलाई माफी दिन तयार भएको हो। ११ वर्षअघि यादवलाई पाकिस्तानी नागरिक मोहम्मद लकी वासिफको हत्या गरेको आरोप लागेका थिए। ६ वर्षअघि नै स्थानीय अदालतले उनलाई मृत्युदण्ड दिने फैसला गरेको थियो।

मोहम्मदका दाजु सफिकले आफूहरुलाई ठूलो पीडा भए पनि माफी दिएको रायले बताए। ‘हामीलाई ठूलो पीडा छ । हामीसँग राम्रो भएन। फेरि पनि अल्लाहलाई साक्षी राखी माफी दियौं,’ उनले भने। दुई परिवारबीच मेलमिलापको लागि भूमिका खेलेका पाकिस्तानी वकिल मुहम्मद नुक्वासले पीडित पक्षले माफी दिएर पाकिस्तानीहरु ठूलो दिल भएको नागरिक भएको प्रमाणित गरेको रायले बताए।

उमेशलाई क्षमा दिनको लागि काठमाडौंबाट फैसलवाद पुगेका सरोज रायले आफ्नो मिसन पूरा भएको भन्दै खुसी ब्यक्त गरे। ‘अन्तत : हामी उमेशलाई मृत्युदण्डबाट बचाउन सफल भयौं। पीडित परिवारले ब्लडमनि स्वीकार गरेका छन्। त्यसबारे पछि बताउनेछौं,’ उनले भने, ‘यहाँसम्म आउन साथ दिने सबै साथीभाइप्रति आभरी ब्यक्त गर्दछु।’

पीडित परिवारलाई भेटाउनका पाकिस्तानी नागरिक जनाव जैइब कलमटयी, फरान अदिल र मोहम्मद रियाल सफी इस्लामवादबाट सरोजको साथमा पुगेका थिए। उमेशको बचाउका लागि सरोज लामोसमयदेखि प्रयासरत रहेका छन् । सोही शिलशिलामा उनी यतिबेला पाकिस्तान पुगेका छन्।

प्रकाशित मिति: Apr 25, 2018

प्रतिक्रिया दिनुहोस्