Logo
११ कार्तिक २०८१, आईतबार
(April 25, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दाम्पतीय जीवन सुखद बनाउन, गर्नुस् श्रीराम-सिताको आराधना

यदी श्रीमान् श्रीमती बिचको सम्बन्ध राम्रो छैन् तर तपाई उक्त सम्बन्धलाई बचाउँ  चाहनु हुन्छ भने तपाई ज्योतिष र वास्तुको सहयोगमा सम्बन्धलाई बचाउँन सक्नु हुनेछ । बिवाह पछि केवल श्रीमान् श्रीमती होइन् बल्कि पुरै परिवारको जीवन परीवर्तन हुन्छ । सामान्तया हामीले आफनो कुनै पनि रिलेशनशिपलाई बचाउँन भेरै प्रयासहरु गर्नेगछौँ तर पनि सम्बन्धमा केही न केही तनाब उत्पन्न हुन्छ नै ।

त्यस पछि त सानो सानो कुरामा झगडा हुने गरेको पाइन्छ ।हरेक दिन यस्ता कुरा भइरहनाले बैवाहीक जीवनमा सुखी हुदैँन । यस्तो समयमा यदी तपाई आफनो सम्बन्धलाई बचाउँन चाहनु हुन्छ भने भगवान् श्रीराम र सीताको पूजा गर्नुस् तनावपूर्ण बैवाहीक जीवनबाट छुटकारा मिल्ने विश्वास रहेको छ  ।

भगवान श्रीराम र सीताको युगल फोटाको आराधना गर्नाले परिवारमा शान्तिका साथै संपूर्ण सुख सुविधाहरुमा बृद्धि हुने पौराणीक विश्वास रहेको छ । तर पूजा गर्दा श्रीमान् श्रीमती दुवै जना मिलेर गर्नुपर्छ । यदी तपाई यस्तो गर्नुहुन्छ भने तपाईको सम्बन्धलाई नयाँ ऊर्जाका मिल्नुका साथै दुई जना बिच प्रेम पनि बढने विश्वास रहेको छ । भगवान राम र सिताजीको जीवनमा धेरै कष्ट रहे पनि उनीहरुबिच निकै प्रेम थियो ।

भगवान श्रीराम र सीताजीको पूजा गर्नाले सम्पूर्ण मनोकामना पूर्ण हुने विश्वास रहेको छ । बजारमा भगवान श्रीरामको सबै खाले फोटो उपलब्ध हुन्छ तर तपाई यदी फोटो घरको लागि किन्न जानु भयो भने तपाईले भगवान श्रीरामका साथै सिता ,लक्ष्मण र हनुमान रहेको तस्वीर किन्नुस् ।धर्मशास्त्रमा त्यसलाई नै राम्रो मानिएको छ ।

प्रकाशित मिति: Apr 25, 2018

प्रतिक्रिया दिनुहोस्