Logo
११ कार्तिक २०८१, आईतबार
(April 25, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सञ्जय दत्तको भूमिकामा रणवीर, ‘सञ्जू : वान म्यान मेनी लाइफ्स’ को टिजर रिलिज

बलिवुड रणवीर कपूर अभिनिति चलचित्र ‘सञ्जू ; वान म्यान मेनी लाइफ्स’ को पहिलो टिजर रिलिज भएको छ । नायक सञ्जय दत्तको चलचित्रको यात्रालाई रणवीर कपूर अभिनयमा उतारेका छन् ।

सञ्जय दत्तको जीवनमा आधारित यो चलचित्रमा अभिनय गर्नको लागि रणवीरले आफूलाई शारीरिक र मानसिक रुपमा नै रुपान्तरण गरेका छन् । उनी सञ्जय दत्तको हरेक अवतारमा सञ्जय जस्तै देखिएका छन् ।

रणवीरको अभिनयलाई धेरै नै रुचाइएको छ । उनले टिजरमा सञ्जयको लुक्समा जस्ताको तस्तै आफूलाई ढालेका छन् र उनेको यो अभिनयलाई हेरेर सबै चकित भएका छन् । रणवीर लुक्समा मात्र होइन, आवाज र संवादमा पनि सञ्जय जस्तै देखिएका छन् ।

रणवीरले हरेक अवतारको लागि एक महिनाको समय लिएका थिए । उनीले बताएका थिए, ‘यो छिटो छिटो भइरहेको थियो तर हामीसँग धेरै समय थिएन, मैले हरेक रुपको लागि आफूले आफूलाई एक महिनाको समय दिए ।’

मेरो शरीरको फ्रेम पातलो खालको छ, मलाई मसल्स बढाउने काम धेरै नै कठिन रर्‍यो । सञ्जय दत्तको जेलबाट बाहिर आउँदाको लुक र मुन्नाभाइको लुक्स देखाउनको लागि सारै नै गाह्रो भएको थियो ।

रणवीरका अनुसार शरीर रुपान्तरण, मेकअप गरेर आफूलाई पात्र जस्तै देखाउनु ठूलो कुरा होइन, चरित्रमा आफू उत्रनु र पात्रको आत्मालाई बुझ्नु सबैभन्दा चुनौतिपूर्ण काम हो । आफूले एक इमान्दार कलाकार भएर काम गरेको उनले बताएका छन् ।

प्रकाशित मिति: Apr 25, 2018

प्रतिक्रिया दिनुहोस्