Logo
१४ बैशाख २०८१, शुक्रबार
(April 25, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पहिलो पटक नेपालीको प्रतिव्यक्ति आय ‘डलरमा फोर डिजिट’ : एक लाख रुपैयाँ नाघ्यो

काठमाडौं, १२ वैशाख : नेपालीको प्रतिव्यक्ति आय हजार डलर नाघेको छ । गतवर्ष १ सय ५ डलरले बढेको नेपालीको प्रतिव्यक्ति आय ८६६ डलरमा पुगेको थियो ।

यो वर्ष भने नेपालीका प्रतिव्यक्ति आय यो वर्ष थप सुधार हुँदै १३८ डलरले प्रतिव्यक्ति आम्दानी वृद्धि भएको हो । केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको नयाँ तथ्यांकअनुसार नेपालीको प्रतिव्यक्ति आय १ हजार ४ डलरमा पुगेको हो ।

आजको डलरको मूल्यअनुसार यो १ लाख ६ हजार ३ सय ३३ रुपैयाँ बराबर हुन आउँछ । पहिलो पटक नेपालीको ‘पर क्याप्टा इन्कम’ डलरमा फोर डिजिट भएर १ लाख रूपैयाँ माथि पुगेको हो ।

 

प्रकाशित मिति: Apr 25, 2018

प्रतिक्रिया दिनुहोस्