Logo
१६ चैत्र २०८०, शुक्रबार
(April 25, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चिनियाँ स्मार्टफोन ब्राण्ड ओप्पोले सार्वजनिक गर्यो नयाँ फोन

काठमाण्डौँ : चिनियाँ स्मार्टफोन ब्राण्ड ओप्पोले नेपाली बजारमा नयाँ फोन सार्वजनिक गरेको छ । ओप्पोले एफ सिरिज अन्तर्गतको एफ सेभेन मोडलको फोन बाजारमा ल्याएको हो । यसले चार भिन्न ब्यक्तिको उमेर, लिंग, छालाको रंग र प्रकारको फरक पहिचानका बारेमा जानकारी दिन्छ ।

एआई ब्यूटी २.० प्रविधिले २९६ फेसियल रिकग्निसन प्वाइन्ट्स स्क्यान गरी पछिल्लो संस्करणका तुलनामा २०५ सुदृढ र सटिकरुपमा अनुहार पहिचान गर्ने क्षमता राख्छ । यस फोनबाट खिचिएका फोटो डिजिटल क्यामेराबाट खिचिएका तस्विर झैँ विस्तृत विवरण र उच्च गुणस्तरका हुने कम्पनीले दाबी गरेको छ । यसमा २.० अपेचर लेन्स समावेश गरिएको छ ।
स्मार्टफोन सार्वजनिक ओप्पोका सिइओ बबी ट्राओ उपभोक्ताले खोज्ने सबै विशेषता यस फोनमा भएको दाबी गरे । ट्रायोले सुपथ मूल्यमा उत्कृष्ट सेट उपलब्ध भएकाले कम्पनीका अन्य फोन झैं यसले पनि राम्रो व्यापार गर्नेमा आफू आशावादी रहेको बताए ।

एफ सेभेनमा रियल टाइम एचडिआर सेन्सरसहितको २५ मेगापिक्सेलको सेल्फी क्यामरा रहेको छ । सेल्फी फोटोग्राफीका लागि एफ सेभेनले परिस्कृत प्रविधि लगायत एआईमा आधारित अन्य वैकल्पिक फिचर्सको उपयोग गरिएको कम्पनीले जनाएको छ ।  त्यस्तै फोनमा १६ मेगापिक्सेलको पछाडितर्फको क्यामरा छ । यसमा १.८ अपेचर लेन्सको प्रयोग गरिएको छ । यसको पछाडितर्फको क्यामराले बढी वा कम प्रकाश भएको दुबै अवस्थामा उत्कृष्ट फोटो खिच्न सक्ने कम्पनीले दाबी गरेको छ । फोनमा दोस्रो पुस्ताको एआई ब्युटी २.० प्रविधि प्रयोग गरिएको छ । यसले थप प्राकृतिक र वास्तविक सेल्फी व्यक्तिगत ब्यूटिफिकेशनसहित फोटो लिन सघाउने कम्पनीले बताएको छ । फोनमा सटिक फेशियल रिकग्निसन क्षमता, उमेर र लिंगका आधारमा थप परिस्कृत ब्यूटीफिकेसन अनुभव, प्रयोगकर्ताको छनोटका आधारमा आत्मशिक्षण क्षमताका साथै रमाइला फिचर पनि उपलब्ध रहेका छन् ।

एआई ब्यूटी २.० प्रविधिले २९६ फेसियल रिकग्निसन प्वाइन्ट्स स्क्यान गरी पछिल्लो संस्करणका तुलनामा २०५ सुदृढ र सटिकरुपमा अनुहार पहिचान गर्ने क्षमता राख्छ । फोनमा कम्पनीले भिभिड मोडको फिचर समेत दिइएको छ । यसले प्रयोगकर्तालाई तीनको चाहना अनुसारको तस्विरमा रंग गाढा वा फिक्का, लुगा तथा पृष्ठभूमीको रंग परिमार्जन गर्ने लगायत सुविधा उपलब्ध गराउँछ। यसमा रहेको एआर स्टिकर फङ्सनको माध्यमबाट सामाजिक सञ्जालमा सेयर गर्न तयार अवस्थामा प्यारा जनावर तथा मुभी स्टार जस्ता फिचर्सहरुपनि उपलब्ध छन्। फोनमा ६.२३ इन्चको एफएचडी सुपर फुल स्क्रिन छ। फोनमा उपलब्ध गरिएको एप–ईन–एप सुविधाले प्रयोगकर्तालाई गेम खेलिरहेको वा चलचित्रको हेरिरहेको अवस्थामा विना असर ईनकमिङ कल लिने वा नकार्ने सुविधा उपलब्ध गराउँछ ।  कम्पनीले यसमा मेटालिक ग्लास ब्याकको प्रयोग गरेको छ । त्यस्तै फोनमा दुई वटा र्याम र इन्टरनल स्टोरेज भेरियन्टमा उपलब्ध छ ।

४ जीबी र्याम र ६४ जीबी इन्टरनल स्टोरेज क्षमता भएको भेरियन्टको मूल्य ३६ हजार ५९० रहेको छ । यो भेरियन्ट रातो, सिल्भर र कालो गरी तीन वटा रंगमा उपलब्ध छ । त्यस्तै ६ जीबी र्याम र १२८ जीबी इन्टरल स्टोरेज क्षमता भएको भेरियन्टको मूल्य ४६ हजार ५९० राखिएको छ । यो भेरियन्ट रातो र कालो गरी दुई रंगमा उपलब्ध छ ।

प्रकाशित मिति: Apr 25, 2018

प्रतिक्रिया दिनुहोस्