Logo
१३ बैशाख २०८१, बिहीबार
(April 25, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘मिस नेपाल बन्दैँमा अभिनय गर्नुपर्छ भन्ने छैन’ : श्रृंखला खतिवडा

हेटौँडा : मिस नेपाल २०१८ श्रृंखला खतिवडाले भनिन् मिस नेपाल हुने बित्तिकै फिल्म खेल्ने वा अभियान चलाउनु पर्छ भन्ने छैन् । मिस नेपाल भएपछि पहिलो पटक गृहनगर हेटौंडा पुगेकी खतिवडाले सञ्चारकर्मीसँग कुरा गर्दै भनिन् मलाई अभिनय र नाच्न पनि राम्रोसँग आउँदैन ।

उनले भनिन् म आर्किटेक्टको विद्यार्थी भएकाले हुनाले म त्यही पेशामै अघि बढ्ने सोचमा छु । यसअघिका मिस नेपालभन्दा खतिवडाको भने फरक पृष्ठभूमि रहेको छ ।  उनको हजुरबुवा, बुवा र आमा नै सक्रिय राजनीतिमा रहे पनि उनी भने त्यसतर्फ नलाग्ने खतिवडाको भनाई रहेको छ ।

मिस वल्र्डको ताज पहिरिने विश्वास दिलाउँदै उनले मिस नेपाललाई सरकारले नै बुझ्न सकेको गुनासो गरिन् । ‘मेरोे अबको लक्ष्य मिस वल्र्ड हो’, ‘त्यसको तयारीमा जुटिसकेको छु ।’ यसअघि मिस वल्र्डमा सहभागी नेपाली सुन्दरीको उपलब्धीबारे समेत व्याख्या गर्दै श्रृंखलाले मिस वल्र्डमा प्रस्तुत गर्न उपयुक्त सामाजिक कामको योजना छनोटका लागि अनुसन्धान गरिरहेको बताइन् ।

साथै उनले मिस नेपाल कार्यक्रमले महिला सशक्तीकरणमा सहयोग पुग्ने भन्दै प्रतियोगिताको तयारी चरणमा धेरै विषयमा जानकारी पाउन सफल भएको बताइन् । ‘मिस नेपालमा मोडल होइन, रोल मोडल बन्न सहभागी भएकी हुँ’, खतिवडाले भनिन् ।

प्रदेश तीनकी प्रदेश प्रमुख अनुराधा कोइरालाले खतिवडालाई सम्मान गरेकी छिन् । हेटौंडामा मंगलबार हेटौंडा लेडी जेसिजले आयोजना गरको कार्यक्रममा खतिवडालाई प्रदेश प्रमुख कोइरालाले सम्मान गरेकी हुन् । सम्मान कार्यक्रममा बोल्दै कोईरालाले मिस नेपाल खतिवडालाई बालवालिका र महिलाको क्षेत्रमा काम गर्न सुझाव दिइन् । मिस नेपाल खतिवडाले आफू सामाजिक क्षेत्रमा क्रियाशिल हुने बताइन् ।

प्रकाशित मिति: Apr 25, 2018

प्रतिक्रिया दिनुहोस्