Logo
१२ बैशाख २०८१, बुधबार
(April 25, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

३३ किलो सुन तस्करीमा मुछिएका एसपी विकास खनाल पनि प्रहरी हिरासतमा

काठमाडौँ, १२ बैशाख : प्रहरी उपरीक्षक विकास खनाललाई हिरासतमा लिइएको छ । त्रिभुवन विमानस्थलबाट भएको ३३ किलो सुन तस्करीमा मुछिएका खनाललाई प्रहरीले एक नम्बर गणमा आन्तरिक हिरासतमा राखेको हो । यो प्रकरणमा मुछिएका डिएसपी सञ्जय राउत भने सम्पर्कविहीन छन् । उनलाई पनि प्रहरीले खोजी गरिरहेको छ ।

गत वर्ष त्रिभुवन विमानस्थलबाट बरामद भएको ३३ किलो सुन तस्करीमा मुछिएका सनम शाक्यको हत्या भएपछि खनाल पनि डीआईजी गोविन्द निरौला र एसएसपी श्याम खत्रीसँगै मुछिएका थिए । जिल्ला प्रहरी कार्यालय मकवानपुरमा प्रमुख रहेका खनाललाई काठमाडौँ झिकाएर प्रहरी प्रधान कार्यालयले आन्तरिक हिरासतमा राखेको हो ।

तत्कालीन डीआईजी नवराज सिलवाल केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) का प्रमुख हुँदा सुन तस्करीबाट सफाइ दिइएका खनाललाई गृहमन्त्रालयले गठन गरेको उच्चस्तरी छानबिन समितिले अनुसन्धानमा तानेको हो । पूर्वडीआईजी गोविन्द निरौलालाई गृहले यही प्रकरणमा पक्राउ गरेर मुद्दा चलाउन विराटनगर पठाइसकेको छ ।

त्रिभुवन विमानस्थलमा कार्यरत रहँदा खनाललाई मानव तस्करीमा सघाएको आरोपमा प्रहरीले हेड क्वार्टरमा तानेको थियो । तर, उनको संलग्नता सुन तस्करीमा पनि देखिएपछि गृहको छानबिन समितिले आन्तरिक हिरासतमा लिन प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको थियो ।

 

प्रकाशित मिति: Apr 25, 2018

प्रतिक्रिया दिनुहोस्