Logo
७ बैशाख २०८१, शुक्रबार
(April 25, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रंगशाला बाहिर झडप : ५३ वर्षका एक व्यक्ति गम्भीर

च्याम्पियन्स लिग फुटबलको सेमिफाइनल अन्तर्गत मंगलबार राति लिभरपुल र रोमाबिच पहिलो लेगको खेल भयो । यो खेलमा घरेलु टोली लिभरपुल ५–२ ले विजयी भएको छ ।

एनफिल्डमा भएको खेलअघि रंगशालबाहिर तनावको अवस्था आएको थियो । रंगशाला बाहिर खेलको केहीअघि भएको आक्रमणका कारण ५३ वर्षका एक व्यक्ति गम्भीर घाइते भएका छन् ।

रोमबाट खेल हेर्न आएका २५ र २६ वर्षका दुई व्यक्तिलाई प्रहरीले आक्रमणमा संलग्न भएको आरोपमा पक्राउ गरेको छ । घाइते व्यक्तिको टाउकोमा गम्भीर चोट लागेको र अहिले उपचार भइरहेको स्थानीय प्रहरीले जनाएको छ ।

लिभरपुलले एक वक्तव्य जारी गरेर घटनाप्रति दुःख व्यक्त गर्दै पीडितका लागि सबै किसिमको सहयोग गर्न तयार रहेको उल्लेख गरेको छ ।

आक्रमणकारीले पीडित व्यक्तिलाई बेल्टले हानेको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । खेल सुरु हुनु केही पूर्व रंगशाला बाहिर रोमा र लिभरपुलका समर्थकबिच झडप भएको थियो ।

प्रकाशित मिति: Apr 25, 2018

प्रतिक्रिया दिनुहोस्