Logo
८ बैशाख २०८१, शनिबार
(April 24, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

फार्मेसी अधिकृत रु ५० हजार घुससहित पक्राउ

नेपालगन्ज : नेपालगञ्जस्थित औषधि व्यवस्था विभाग शाखा कार्यालयका फार्मेसी अधिकृत तपेन्द्र भट्टराईलाई घुस लिँदै गरेको अवस्थामा पक्राउ गरिएको छ ।

मेडिकल स्टोर दर्ता प्रक्रियालाई सहज बनाइदिने भनी सेवाग्राहीसँग रु ५० हजार घुस लिँदै गरेको अवस्थामा भट्टराईलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मंगलवार पक्राउ गरेको हो ।

आयोगको कार्यालय कोहलपुरका प्रमुख प्रहरी उपरीक्षक ईश्वर कार्कीका अनुसार फार्मेसी अधिकृत भट्टराईलाई उनकै कार्यकक्षबाट घुससहित पक्राउ गरिएको हो ।(रासस)

प्रकाशित मिति: Apr 24, 2018

प्रतिक्रिया दिनुहोस्