Logo
८ बैशाख २०८१, शनिबार
(April 24, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मोदीलाई स्वागत गर्न जनकपुरमा तीब्र तयारी : बाह्रविघामा नागरिक अभिनन्दन

जनकपुरधाम : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्‍न जनकपुर भ्रमणको लागि जनकपुरमा तयारी तीव्र गरिएको छ । बैशाख २८ गते भारतीय प्रधानमन्त्री मोदी नेपाल आउने भएपछि सम्भावित जनकपुर भ्रमणको लागि प्रदेश सरकारले भ्रमणको तयारीलाई तीव्रता दिएको छ ।

भारतीय प्रधानमन्त्री मोदीको जनकपुर भ्रमणका लागि मंगलवार प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले सुरक्षा निकायसँग छलफल समेत गरेका छन् । मोदीको जनकपुर भ्रमणलाई केन्द्रित गर्दै बसेको सुरक्षा सम्बन्धी बैठकमा स्थानीय बाह्रविघा मैदानमा उनको नागरिक अभिनन्दन गर्ने निर्णय गरिएको मुख्यमन्त्री राउतले बताए ।

भारतीय प्रधानमन्त्री मोदीको जनकपुर आगमनलाई मध्यनजर गर्दै मंगलबार पहिलो पटक बसेको बैठकमा मोदीको जनकपुर भ्रमणलाई भव्यताका साथ सफल पार्न विभिन्न प्रकारको तयारी बारे छलफल भएको बताइएको छ। बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै मुख्यमन्त्री राउतले भने, ‘भारतीय प्रधामन्त्री मोदी मे ११ का दिन जनकपुर भ्रमण गर्ने सम्भावना छ। उक्त भ्रमणलाई भव्यताका साथ सफल गर्न बैठक बसेका हौँ।’

मोदीको भ्रमणलाई केन्द्रित गरी जनकपुरमा सरसफाई, सुरक्षा व्यवस्था तथा नागरिक अभिनन्दन लगायतको विषयमा गम्भीरतापूर्वक चर्चा भएको मुख्यमन्त्री राउतले बताएका छन् । उनले भने, ‘जनकपुर भ्रमणको क्रममा जानकी मन्दिरमा पूजापाठ तथा बाह्रविघा मैदानमा नागरिक अभिनन्दनको कार्यक्रम तय गरिएको छ ।’

यस्तै, भारतीय प्रधानमन्त्री मोदीको नागरिक अभिनन्दन कार्यक्रममा प्रदेश २ का आठ वटै जिल्लाबाट सर्वसाधारणलाई सहभागी गराउने तयारी गरिएको जनाइएको छ । मंगलवार सम्पन्न भएको बैठकमा भारतीय प्रमको भ्रमणको लागि जनकपुरको आकर्षण बढाउनुका साथै भव्यताका साथ सफल पार्न भ्रमणको तयारीमा जुट्ने निर्णय गरिएको छ ।

प्रकाशित मिति: Apr 24, 2018

प्रतिक्रिया दिनुहोस्