Logo
१५ बैशाख २०८१, शनिबार
(April 24, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चुरे विनासले विकाराल समस्या निम्त्याउने पूर्वराष्ट्रपतिको चिन्ता

काठमाडौं, ११ बैशाख : पूर्वराष्ट्रपति डा.रामवरण यादवले चुरे क्षेत्र विनाश हुँदै गएकोमा चिन्ता व्यक्त गरेका छन् । मंगलबार काठमाडौंमा आयोजित चुरे संरक्षणसम्बन्धि अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सो चिन्ता व्यक्त गरेका हुन् ।

कार्यक्रममा बोल्दै पूर्वराष्ट्रपति यादवले ६ लेनको हुलाकी राजमार्ग बनाउने सरकारको योजनाप्रति पनि असन्तुष्टि व्यक्त गरे ।

चुरेको तत्काल संरक्षण नगरे मुलुकको आधा जनसंख्यालाई खानेपानीको विकराल समस्या पर्ने प्रति सचेत गराउँदै उनले पहाडमा डोजर चलाएर खेतीयोग्य जमिन मास्ने काम भएको र यसले मुलुकमा भोकमरी निम्त्याउने चेतावनी दिए ।

पूर्वराष्ट्रपति यादवले चालू विकासको मोडलमा परिवर्तन नभए मुलुक भयानक संकटमा फस्ने चेतावनी समेत दिए । पहाडमा डोजर आतंक फैल्याएर चरम रुपमा वन विनाश भइरहेको उनको भनाई थियो ।

प्रकाशित मिति: Apr 24, 2018

प्रतिक्रिया दिनुहोस्