Logo
७ बैशाख २०८१, शुक्रबार
(April 24, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चर्चित हास्य कलाकार राजपाल यादवलाई ४२ महिना जेल सजाय

बलिउड अभिनेता राजपाल यादवलाई दिल्लीको एक अदालतले ४२ महिनाको जेल सजाय सुनाएको छ। चेक बाउन्सअन्तर्गत ७ मुद्दामा राजपाललाई दोषी ठहर गर्दै प्रत्येक मुद्दामा ६–६ महिना कैद र १.६० करोड रुपैयाँ जरिवाना गरेको हो ।

यो घटनामा अदालतले राजपालकी पत्नीलाई पनि दोषी ठहर गरेको छ । यद्यपी चेक बाउन्स मामिलामा राजपाललाई राहत दिँदै अदालतले १०–१० लाख क्षतिपूर्ती तिर्न आदेश दिएको छ ।

फिल्म बनाउने भन्दै दिल्लीको एक कम्पनीबाट ५ करोड ऋण लिएर चुक्ता नगरेको र बाउन्स चेक दिएर बारम्बार ठाटेको भन्दै राजपालविरुद्ध अदालतमा मुद्दा परेको थियो । अदालतले १३ अप्रिलमा उनलाई सबै मामिलामा दोषी ठहर गरेको थियो ।

कडकडडूमा अदालतका अतिरिक्त मुख्य महानगर दण्डाधिकारी अमित अरोडाले मुद्दाको सुनुवाई गर्दै राजपाललाई अदालतले पहिला पनि आफ्नो कुरा राख्ने मौका दिएको र फेरि पनि उनलाई आफ्नो कुरा राख्ने अन्तिम मौका दिइएको बताए ।

Uma Kadam

प्रकाशित मिति: Apr 24, 2018

प्रतिक्रिया दिनुहोस्