Logo
१४ बैशाख २०८१, शुक्रबार
(April 24, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सन्यासी भनिएका राप्रापा नेता पुष्पराज पौडेल ठगी आरोपमा पक्राउ

काठमाडौँ : सन्यासी नेता भनिएका राप्रापा नेता पुष्पराज पौडेल ठगी आरोपमा पक्राउ परेका छन् । नक्कली लालपुर्जा पेस गरी ८ करोड ३७ लाख रुपैयाँ ठगी गर्न खोजेको आरोपमा राप्रपा केन्द्रीय सदस्यसमेत रहेका नेटवर्क कम्पनीका सञ्चालक पौडेल पक्राउ परेका हुन् ।

पौडेलसहित सुनसरीको धरान घर भई काठमाडौं १० मा बस्दै आएका ५९ वर्षिय गोकुल श्रेष्ठलाई पनि काठमाडौं प्रहरी परिसरले पक्राउ गरेको छ ।  अर्काको नाममा भएको जग्गालाई नक्कली लालपुर्जा देखाएर कीर्ते कागजात खडा गरी उनीहरुले ८ करोड ३७ लाख रुपैयाँ ठगी गरेको उजुरीका आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

दुवैलाई काठमाडौं प्रहरी परिसरको हिरासतमा राखेर ठगी मुद्दामा म्याद थप गरी विस्तृत अनुसन्धान भइरहेको काठमाडौं प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विश्वराज पोखरेलले बताए । कुनै समय हर्बो नामक नेटवर्क कम्पनीमा पुष्पराज अध्यक्ष रहेको हाम्रो ग्रुपले आर्थिक लगानी गरेको थियो ।

अवैध नेटवर्किङ व्यवसाय गरेको भन्दै हर्बो कम्पनीका सञ्चालकहरु पक्राउ परेका बेला पुष्पराजलाई पनि केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको थियो । ३६ दिन थुनमा बसेर मुक्त भए पनि पुष्पविरुद्धको मुद्दा काठमाडौं जिल्ला अदालतमा चलिरहेको छ ।

पुष्प ईन्भेष्टमेन्ट कम्पनीबाट बाहिरिएपछि उक्त कम्पनी दिपेन्द्रबाबु कार्की अध्यक्ष रहेको नयाँ बोर्ड सदस्यहरुले जिम्मा लिएका थिए । नयाँ बोर्डले पुष्पसँग हर्बोमा लगानी गरेको रकम माग गरेपछि उनले पर्सामा रहेको जग्गा कम्पनीलाई दिने भन्दै लालपुर्जा पेस गरेका थिए ।

प्रकाशित मिति: Apr 24, 2018

प्रतिक्रिया दिनुहोस्