Logo
१३ बैशाख २०८१, बिहीबार
(April 24, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सडक दुर्घटनामा परी दश जनाको मृत्यु

टोरोन्टो : क्यानाडाको ठूलो सहर टोरोन्टोमा सोमबार भएको एक सडक दुर्घटनामा परी दश व्यक्तिको मृत्यु भएको छ । एक व्यक्तिले भाँडामा लिएको भ्यान पैदल यात्रुको लागि बनाइएको मार्गमा लगि जथाभावी रुपमा ठक्कर दिदा कम्तीमा १० जना मारिएका छन्। ।

यस घटनामा परी अन्य १५ जना घाइते भएका बताइएको छ । प्रहरीका अनुसार यो एक योजनाबद्ध आक्रमण हो । प्रत्यक्षदर्शी अनुसार चालकले पैदलमार्गमा तीव्रगतिमा भ्यानलाई जोतेको र त्यसपछि कैयौं पटक सडक र पैदलमार्गमा ल्याउने लैजाने गरेका थिए सेतो रंगको उक्त भ्यानले दिउँसोको खाना खाने समयमा पैदल यात्रुले भरिएको उत्तरी टोरोन्टोको बाहिरी क्षेत्रमा पैदलमार्गमा गएर व्यक्तिहरूलाई ठक्कर दिएको थियो ।

प्रत्यक्षदर्शीहरूका अनुसार उक्त भ्यान तीव्र गतिमा अघि बढ्दै बारम्बार सडक र पैदल मार्गमा आउने जाने गरेको अवस्थामा सडकमा पैदल यात्रामा रहेका व्यक्तिहरुको चिच्याएको आवाज सुनिएको थियो । प्रहरीले यस अवस्थालाई नियन्त्रणमा लिई गोली नचलाई भ्यानका चालकलाई पक्राउ गरी हिरासतमा लिएका छन् । यसैबीच टोरोन्टोका मेयरले धैर्यता देखाउन व्यक्तिहरु अपिल गरेकाछन् । सरकारी अधिकारीहरुले पनि यस हमलालाई योजनाबद्ध भनेका छन्। ।

विश्वका ठूला अर्थतन्त्र भएका जी ७ आवद्ध देशका विदेश मन्त्रीहरूको बैठक चलिरहेको टोरोन्टोको मुख्य क्षेत्र भन्दा १६ किलो मिटर टाढा यो घटना भएको हो । यो हमला उक्त बैठकसँग सम्बन्धित भएन भएको हालसम्म पुष्टि भएको छैन । (रासस)

प्रकाशित मिति: Apr 24, 2018

प्रतिक्रिया दिनुहोस्