Logo
७ बैशाख २०८१, शुक्रबार
(April 24, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

धुमधाँमका साथ आज जानकी नवमी मनाइदै : प्रदेश २ मा सार्वजनिक विदा

जनकपुरधाम, वैशाख ११ : जनकपुरमा आज जानकी नवमी एवं जानकी जन्म महोत्सव धुमधामसित मनाइदैछ । आदर्श नारी सीताको आजकै दिन मिथिलामा जन्म भएको धार्मिक मान्यता अनुसार प्रत्येक वर्ष जानकी नवमी मनाउँने गरिन्छ ।

जानकी नवमीको अवसरमा आज विहानैदेखि जनकपुरको जानकी मन्दिर , राम मन्दिर , जनक मन्दिर , लक्ष्मण मन्दिर लगायतको मन्दिरहरुमा पुजाआजा गर्ने श्रद्धालुहरुको भीड लागेको छ ।

विगतका वर्षहरुमा औपचारिकतामा मात्र सिमीत हुने जानकी नवमी यस वर्ष विभिन्न कार्यक्रम गरी धुमधामसंग मनाउन लागिएको हो । सीताको जन्मोत्सव मनाउन जानकी मन्दिरलाई नवदुल्ही झै सिंगारिएको छ ।

यस वर्ष वैशाख ३ गतेदेखि १६ गतेसम्म १४ दिन मनाउन लागिएको जानकी महोत्सवमा रमायण मेला , राम कथा, नवाह परायण पाठ र बधाई मंगल गानसँगै जनकपुरको जानकी मन्दिरमा चलिरहेको छ ।

जानकी नवमीको अवसरमा आज दुधमती नदिमा सामुहिक स्नान गरिएको छ । मन्दिरको बाहिरी र भित्रि परिसरमा टेन्ट पण्डाल निर्माण गरिएर धार्मिक प्रवचन र पूजापाठको काम भइरहेको छ ।

सीताको जन्मोत्सवमा सहभागि हुन एवं पुजापाठ गर्न नेपाल तथा भारतका विभिन्न स्थानबाट श्रद्धालु भक्तजन एवं पर्यटकहरु जनकपुर आएका छन् ।

जानकी मन्दिरको मुख्य कार्यक्रम जानकी नवमी रहेकाले भव्यता पूर्वक मनाउन लागिएको जानकी मन्दिरका सह महन्थ रामरोशन दास बैष्णवले बताउनुभयो ।

जानकी नवमीको अवसरमा आज प्रदेश नं. २ सरकारले सार्वजनिक विदाको घोषणा समेतको घोषणा गरेको छ ।

प्रकाशित मिति: Apr 24, 2018

प्रतिक्रिया दिनुहोस्