Logo
७ बैशाख २०८१, शुक्रबार
(April 24, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बिराटनगरदेखि इटहरीसम्म ‘मोनोरेल’ चलाइने : यस्तो छ गृहकार्य

काठमाण्डौ : प्रदेश नम्बर १ मा बिधुतिय शहरी पारवहन मोनो रेल० सञ्चालनका लागि गृहकार्य थालिएको छ । जिजि स्तरबाट संचालन हुन लागिएको मनोरेल बिराटनगरको जोगवनीदेखि दुहबी हुँदै इटहरीको तरराहसम्म चलाइने छ । ३५ किलोमिटरको दुरी १० देखि १५ मिनेटमा यात्रा गर्न सकिने बताइएको छ । बिराट मनोरेल इन्टरनेशनल प्रालीले संचालनमा ल्याउन लागिएको यो परियोजनामा बिदेशी लगानी समेत हुने बताइएको छ ।

राजमार्गसंगै पोल निर्माण गरि माथीबाट मनोरेल चलाइनेछ । कम्पनीका प्रबन्ध निर्देशक काजीमान आत्रेयका अनुसार सरकारसंग सम्झौता गरि ३० वर्षसम्म निजि स्तरमा चलाइने र त्यसपछि उक्त परियोजना समेत सबै किसिमको ब्यवस्थान सरकारलाई हस्तानतरण गरिने छ । ‘हामिले प्राविधिक पक्ष केन्द्रित अध्ययण अनुसंधान थालेका छौं, इन्जिरिङ्ग प्रावधान अनुसार यसको कतिओटा स्टेशन हुनेछ, त्यो भने पछि तय गरिनेछ तर निकै कम समयमा मान्छेले आवजावत गर्न सकुन अनि पछिल्लो प्रविधिको विकासमा हाम्रो भागेदारी समेत होस्’ भन्ने हाम्रो उद्देश्य रहेको आत्रेयले बताए ।

भारतको मुम्बाई, गुडगाँउ, चेन्नाइ, समेत सिगापुर, हङ्गकङ्ग, जपान, कोलालमपुर लगायतका शहरहरुमा सस्तो र आरामदायी सवारी साधनको रुपमा मनोरेल निकै लोकप्रिय मानिन्छ । कम्पनीका अध्यक्ष परमानन्द मेहताका अनुसार मनोरेल वातावरणमैतत्री पनि हुने भएको र पर्यटनको दृष्टिले पनि यो निकै आकर्षक सवारी साधनको रुपमा हुनेछ ।’१० देखि १५ मिनेटमा तरराहदेखि मान्छे जोगवनीसम्म पुग्नेछन्’ उनले भने ‘न ट्राफिकको समस्या न धुलो–धुँवा, यो आफैमा आकर्षक सवारी साधन हुनेछ ।’ उनका अनुसार सुरुमा ५ डब्बा भएको रेल ल्याइनेछ भने पछि आवश्यक्ता अनुसार थपिदै जानेछ ।

प्रदेश नम्बर १ अन्तर बिराटनगरबाट सुरुवात गर्न लागेको बिराट मनोरेल इन्टरनेशनल प्रालीले पछि भने बिराटचौकदेखि झापा–इलामसम्म, इटहरीदेखि कोशी ब्यारेजसम्म मनोरेल चलाउने योजना रेहेको कम्पनीका निर्देशक कोवितजङ्ग कार्कीले बताए । उनका अनुसार मनोरेल तराई क्षेत्रमा मात्र संचालन गर्ने प्राविधिक प्रवधान रहेकाले प्रदेशनम्बर १ को समथल क्षेत्रमा यसलाई चलाउने योजना बनाइएको हो ।

यसअघि काठमाडौंमा पनि मोनो रेल र मेट्रो रेल संचालनका लागि गृह सुरु भएको छ । काठमाडौं मोनो रेल सञ्चालनका लागि मोनो रेल कम्पनी प्रालिले प्रस्ताव गरेको छ भने यसले प्रारम्भिक सम्भाव्यता अध्ययन गरेर त्यसको प्रतिवेदन बोर्डलाई बुझाएको छ । बोर्डले उक्त प्रतिवेदन अध्ययन गरिरहेको छ । बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले प्रस्तावक कम्पनीले निर्देशन दिइएअनुसार प्रतिवेदन बुझाइसकेपछि त्यो प्रतिवेदन हेरेर निर्णय निले बताए ।

काठमाडौंमा चलाउने भनिएको मोनोरेल बुढानिलकण्ठदेखि ललितपुरको गोदावरी नगरपालिकासम्म सञ्चालन गर्ने योजना बनिसकेको छ । देशको राजधानी रहेको काठमाडौं र ललितपुर महानगरका समस्या मिल्दाजुल्दा छन् । सडकदेखि खानेपानी, ढलदेखि धुँवा धुलोसम्म पुरानै समस्या हुन् । साना तिना समस्या पनि अझै व्यवस्थापन हुन सकेका छैनन् । तर दुवै महानगरका मेयरले मेट्रो र मोनो रेलका सपना देखाएका छन् । त्यसमा पनि मोनो रेल दुवै महानगरले अगाडि बढाउने नीति तथा कार्यक्रमै उल्लेख छ ।

के हो मेनो रेल :
मोनोरेल बिजुलीबाट चल्छ । यो बस भन्दा केही ठूलो र डिब्वा जोडिएको हुन्छ । जमिनबाट उठाइएको बिमको सहारामा एउटै ट्रयाकमा यो रेल गुड्छ । एउटै ट्रयाकमा गुड्ने भएकाले मोनो भनिएको हो । मोनो रेल कुदाउन ठाउँठाउँमा पिलर गाडेर ट्रयाकलाई जोडिन्छ । मोनो रेलको पांग्राले ट्रयाकलाई दुवैतिरबाट समाउँछ । मोनोरेलको लागत प्रतिकिलोमिटर २ देखि ३ अर्ब रुपैयाँ पर्छ ।

मोनो र मेट्रो रेल फरक हुन्
दुई ट्रयाक चाहिने, धेरै ठाउँ ओगट्ने, जमिनमुनि सुरुङ खनेर कुदाउने र अर्बौं लगानी लाग्ने मेट्रो रेल भन्दा मोनोरेल तुलनात्मक रुपमा सस्तो र सजिलो छ । मेट्रो रेल साँघुरा बस्तीमा बनाउन सकिँदैन । मोनोको तुलनामा मेट्रो रेल गुडाउनको लागि समय धेरै लाग्छ ।

यसले मेट्रो रेलले भन्दा कम ध्वनि निकाल्छ । मोनोरेल बिजुलीबाट चल्छ । निर्माणमा सस्तो भएकाले मोनो रेलको गति तथा क्षमता मेट्रो रेलको भन्दा कम हुन्छ । मोनो रेल वातावरणमैत्री मानिन्छ । वायु र ध्वनी प्रदुषण कम हुन्छ । नागरिकको स्वास्थ्यमै सुधार आउँछ । डिब्वाको संख्या अनुसार ५० देखि ४ सयजना सम्म एकैपटक यात्रा गर्न सक्छन् ।

प्रकाशित मिति: Apr 24, 2018

प्रतिक्रिया दिनुहोस्