Logo
७ बैशाख २०८१, शुक्रबार
(April 24, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपालमा १०५ पर्ने पेट्रोल भारतमा १२८ रुपैयाँ, तस्करी बढ्दा रौतहटमा पेट्रोलियम पदार्थको अभाव

रौतहट : रौतहटको दक्षिण भेगका अधिंकाश पेट्रोल पम्पमा पेट्रोलियम पदार्थ पाईन छाडेको छ ।

पेट्रोलको मूल्य नेपालभन्दा भारतमा करीब प्रतिलिटर २० रुपैयाँ महँगो भएकाले नेपालबाट भारत तर्फ पेट्रोलको तस्करी बढेको स्थानीय बताउँछन् । नेपालमा प्रतिलिटर १ सय ५ रुपैयाँमा पाइने पेट्रोल भारतमा प्रतिलिटर ८० भारतीय रुपया (नेपाली १२८ रुपैयाँ)मा विक्री हुने गरेको छ । पम्पबाट पेट्रोलियम पदार्थ पाईन छाडेपछि सर्वसाधारण उपभोक्ताहरु महँगो मूल्यमा बाहिरी व्यापारीबाट खरीद गर्न बाध्य भएका छन् । भारतिय नगारिकले पम्पबाट मोटरसाईकल वा ठूला ग्यालन (प्लाष्ट्रिकका भाडा)मा राखेर भारततर्फ लैजाने गरेका छन् ।

डिपोबाट पम्पमा पेट्रोलियम पदार्थ आउना साथ दुई\तिन दिनमा नै खपत हुने गरेको पम्पका सञ्चालकहरु बताँउछन् । गौरका ४ ओटा पेट्रोल पम्प, राजपुर नगरपालिकाका २, यमुनामाई गाउँपालिकाका २, दुर्गा भगवर्ती गाउँपालिकाका २, गरुडा नगरपालिकाका ५, गढीमाई नगरपालिकाका २ सहित करीब डेढ दर्जन पेट्रोल पम्पहरुमा इन्धन नभएको सूचना टाँसिएको छ । यि पम्पमा करीब दुई हप्ता अघिदेखि इन्धन पाउन छाडेपछि अन्तबाट महँगो मूल्यमा खरिद गर्नु परेको स्थानीय राकेश यादवले बताए । पेट्रोल पम्प सञ्चालकले सवारी साधनलाई डिजल तथा पेट्रोल उपलब्ध गराउनुभन्दा केही बढी नाफामा तस्करलाई उपलब्ध गराउँदा समस्या आएको उनको गुनासो छ ।

खेतमा सिँचाई गर्ने पम्पसेट वा बोरिङ्गमा ईन्धन आवश्यक पर्ने र बजारमा अभाव हुँदा किसान समेत मर्कामा परेका छन् । उखु खेतिका लागि सिँचाई गर्ने बेला भएको र ईन्धन बजारमा सहज नपाउँदा महँगो मूल्यमा खरीद गर्नु परेको किसान श्याम महतोले बताए । अहिले खेतिको समय भएकाले सहज रुपमा ईन्धन पाउने वातवरण बनाईदिन उनीहरुले प्रशासनसँग आग्रह गरेको अभियानमा लेखिएको छ ।

पेट्रोलियम पदार्थ डिलर एशोसिएशन रौतहटका अध्यक्ष महेशकुमार दासले नेपालभन्दा भारतीय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढी भएकाले रौतहटबाट तस्करी बढेको बताए । भारततर्फ तस्करी बढेपछि प्रशासनले रोक लगाएको उनको भनाई छ । यता प्रमुख जिल्ला अधिकारी उद्धव बहादुर थापाले भारततर्फ व्यापक ईन्धन तस्करी हुन थालेपछि तत्कालका लागि रोक लगाएको बताए । यो कार्य दीर्घकालिन रुपमा रोक्नका लागि विभिन्न निकायसँग छलफल भैरहेको र यस्ता कार्यमा संग्लनलाई कारबाही गरिने उनले जानकारी दिए । यस्ता कार्य रोक्न तथा निरुत्साहित गर्न प्रहरीको उपस्थितिमा पम्पबाट ईन्धन विक्री वितरण गरिएको उनको भनाई छ ।

प्रकाशित मिति: Apr 24, 2018

प्रतिक्रिया दिनुहोस्