Logo
७ बैशाख २०८१, शुक्रबार
(April 24, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ब्लड क्यान्सर पीडित बालकलाई बचाउन अभियान

इलाम : इलाम नगरपालिका–४ बरबोटेका १४ वर्षीय बालक ऋतिक घिमिरेलाई ब्लड क्यान्सर भएपछि उपचारका लागि उनका परिवारले सहयोगको अपिल गरेका छन् ।

एक महिनादेखि ब्लड क्यान्सर पीडित बालक घिमिरेलाई उपचारमा सहयोग गर्न परिवारले अपिल गरेका हुन् । एक महिनाअघि सामान्य बिरामी भएपछि उनलाई झापाको बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा स्वास्थ्य परीक्षण गर्दा ब्लड क्यान्सरबाट पीडित बनेको पत्ता लागेको हो । ऋतिकको उपचारका लागि सहयोग जुटाउन ‘ऋतिक बचाउ समिति’ गठन गरिएको छ ।

परिवारको आर्थिक अवस्था कमजोर रहेको र भरतपुर क्यान्सर अस्पतालले ऋतिकको उपचारका लागि रु ३० लाख लाग्ने बताएपछि समिति गठन गरी आर्थिक सहयोग संकलन समिति गठन गरिएको समितिका सचिव नारायण घिमिरेले बताउनुभयो । सचिव घिमिरेका अनुसार समितिले आर्थिक सहयोग संकलनका लागि प्रभु बैंक, इलाममा खाता खोली बुधबारदेखि आर्थिक सहयोग संकलन शुरु गरेको छ ।

उनको उपचारका लागि आर्थिक सहयोग गर्न इच्छुक व्यक्तिले प्रभु बैंक इलामको खाता नम्बर १३२०१००१०१२६६००००००१ मा रकम जम्मा गरेर सहयोग गरिदिन परिवारले आग्रह गरेको छ ।

प्रकाशित मिति: Apr 24, 2018

प्रतिक्रिया दिनुहोस्