Logo
१३ बैशाख २०८१, बिहीबार
(April 24, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विद्युत् शर्ट भई आगलागी, डेढ लाख मूल्य बराबरको क्षति

कञ्चनपुर : कञ्चनपुरको बेलडाँडी गाउँपालिका–२ नवजागरण टोलमा सोमबार प्रेम बुढाको घरमा आगलागी हुँदा रु डेढ लाख मूल्य बराबरको मालसामान जलेर नष्ट भएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक उमाकान्त जोशीका अनुसार विद्युत् शर्ट भई आगलागी हुँदा घरमा आंशिक क्षति हुन पुगेको छ । आगलागीबाट घरभित्र राखिएको खाद्यान्न, लत्ताकपडा र महत्वपूर्ण कागजपत्र जलेर नष्ट भएको प्रहरी निरीक्षक जोशीले बताउनुभयो ।

प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रण गरिएको छ । मानवीय र चौपाया क्षति भने नभएको बताइएको छ ।

प्रकाशित मिति: Apr 24, 2018

प्रतिक्रिया दिनुहोस्