Logo
४ बैशाख २०८१, मंगलबार
(April 23, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

घुस रकम सहित वाणिज्य बैंकका सहायक प्रबन्धक पक्राउ

बर्दिवास : महोत्तरी बर्दिवासस्थित राष्ट्रिय वाणिज्य बैंक शाखामा कार्यरत सहायक प्रबन्धक जगदिशप्रसाद काफ्लेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस रकमसहित सोमवार पक्राउ गरेको छ । आयोगको बर्दिवासस्थित कार्यालयको टोलीले सेवाग्राहीसँग लिएको रु ५० हजार घुस रकमसहित उनलाई पक्राउ गरेको हो ।

बर्दिवास–९ स्थित रञ्जना गाई फार्मलाई युवा स्वरोजगार कार्यक्रममार्फत रु १० लाख ऋण दिइने भन्दै काफ्लेले सो को पाँच प्रतिशत रकम घुसवापत लिएको सो कार्यालयले जनाएको छ । काफ्लेलाई हिरासतमा राखी थप अनुसन्धान थालिएको कार्यालयका प्रहरी नायब उपरीक्षक ठाकुर पोखरेलले जानकारी दिए ।

यसअघि काफ्ले बैंकका सेवाग्राहीको खाताबाट नक्कली चेक बनाई विभिन्न शाखाबाट रु ४० लाख निकालेको आरोपमासमेत पक्राउ परेका थिए ।  बैंकिङ कसुर गरेको अभियोगमा काफ्लेसहित शाखाका अन्य कार्मचारीहरूमाथि त्यतिखेर दायर भएको मुद्दा अहिलेपनि जिल्ला अदालत महोत्तरीमा विचाराधिन छ ।

प्रकाशित मिति: Apr 23, 2018

प्रतिक्रिया दिनुहोस्