Logo
२२ बैशाख २०८१, शनिबार
(April 23, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हत्याका फरार आरोपी १९ वर्षपछि पक्राउ

नेपालगन्ज : हत्याको आरोपमा फरार रहेका मेराजअलि बेहनालाई १९ वर्षपछि प्रहरीले नेपालगन्जबाट पक्राउ सोमबार सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा नेपालगन्ज उपमहानगरपालिका–१६ बाट उनलाई आइतबार पक्राउ गरेकोे थियो । वि.सं. २०५५ असोज २८ गते बेहनालगायत छ जनाको समूहले बाँकेको बालेगाँउमा भारतीय नागरिक सावलीप्रसाद बर्माको हत्या गरेर फरार भएको जानकारी सो अवसरमा दिइयो ।

यसैबीच, बाँके कोहलपुर नगरपालिका—५ पृथ्वीनगरका ५१ वर्षीय कृष्णलाल पौडेल विगत पाँच दिनदेखि हराइरहनुभएको छ । यही वैशाख ५ गते औषधि किन्न भारतीय बजार रुपैडिहा जान्छु भनि घरबाट निस्कनुभएका पौडेल अहिलेसम्म घर फर्कनुभएको छैन ।

जग्गाका कारोबारी पौडेलको परिवारस्तरबाट खोजी गर्दा पनि नभेटिएपछि उनको खोजी गरिदिन प्रहरीमा निवेदन दिएको छ । परिवारको तर्फबाट वैशाख ८ गते खोजीका लागि इलाका प्रहरी कार्यालय कोहलपुरमा निवेदन दर्ता गराएको उहाँका सम्धी पूर्णप्रसाद लम्सालले बताउनुभयो ।

प्रकाशित मिति: Apr 23, 2018

प्रतिक्रिया दिनुहोस्