Logo
१३ बैशाख २०८१, बिहीबार
(April 23, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बेलायतको शाही घरानामा नयाँ राजकुमार

बेलायतको राजपरिवारमा नयाँ सदस्यका रूपमा राजकूमार विलियम्स र केटले आफ्नो तेस्रो सन्तानको रूपमा छोरालाई जन्मदिएको सोमबार दरबारद्वारा जारी एक विज्ञप्तिमा जनाइएको छ ।

‘डचेस अफ क्याम्ब्रिज’ (केट) लाई सोमवार बिहानै अस्पताल लगिएको थियो । स्थानीय समय अनुसार बिहान ११ बजेर १ मिनेटको समयमा आफ्नो तेस्रो सन्तानका रूपमा केटबाट पुत्रलाभ भएका विज्ञप्तिमा उल्लेख छ ।

बेलायतको केन्सिङ्टन प्यालेसले शिशुको तौल ३.८ किलोग्राम रहेको र नवशिशु र आमा दुवै स्वस्थ रहेको पनि अस्पताल स्रोतले जनाएको छ । नयाँ शिशु ब्रिटिश राजगद्दीको उत्तराधिकारीको रूपमा पाँचौँ स्थानमा रहनुहुनेछ । गएको जुलाई २०१३ मा राजकुमार विलियम तथा राजकुमारी केटको पहिलो सन्तानको रूपमा नवराजकुमार जर्जको जन्म भएको थियो भने त्यसको दुई वर्षपछि मे २०१५ मा दोस्रो सन्तानको रूपमा नवराजकुमारी शार्लटको जन्म भएको थियो ।

राजपरिवारमा नयाँ सदस्यको जन्मभएको खबरले बेलायती नागरिक हर्षित बनेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । राजकुमारी केटलाई राखिएको लन्डनको सेन्ट मेरिज अस्पतालबाहिर सर्वसाधारण तथा सञ्चारकर्मीहरूको ठूलो उपस्थिति रहेको छ ।

शाही बच्चा जन्मको खबर परम्परा अनुसार बर्किघम प्यालेसमा सुसज्जित फ्रेममा राखेर सार्वजनिक गरिएको थियो । शाही बच्चाको जन्मको समयमा प्रिन्स विलियम्स पनि उपस्थित थिए । शाही परिवारको नयाँ सदस्यलाई पि्रन्स अफ क्याम्बि्रज नामले चिनिनेछ र उनी राजगद्दीको तेस्रो उत्तराधिकारी हुनेछ ।

शाही परिवारका नयाँ सदस्यको अगमनको घोषणा गर्ने समयमा ठूलो संख्यामा सुभचिन्तक र पत्रकार अस्पतालबाहिर उपस्थित थिए । उनीहरुले खुसी मनाएका छन् । शाही डाक्टरले नयाँ सदस्यको आगमनलाई अद्भुत बच्चा, सुन्दर बच्चा भनेका छन् ।

बेलायती प्रधानमन्त्री डेविड क्यामरुनले यसको स्वागत गर्नु भएको छ । बच्चाको नाम उपयुक्त समयमा घोषणा गरिने दरवारका प्रवक्ताले जनाए ।

प्रकाशित मिति: Apr 23, 2018

प्रतिक्रिया दिनुहोस्