Logo
९ कार्तिक २०८१, शुक्रबार
(April 23, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सर्वाेच्च शिखर सगरमाथालाई प्रदूषित नबनाउन प्रधानमन्त्रीको आग्रह

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वको सर्वोच्च शिखर सगरमाथामा कुनै कारणले प्रदूषण हुन नहुने बताएका छन् । पासाङ ल्हामु पर्वतारोहण प्रतिष्ठानको रजत दिवसका अवसरमा प्रधानमन्त्री ओलीले सगरमाथा लगायत नेपालका उच्च हिमशङ््खलामा जलवायु परिवर्तनको असर देखा पर्ने थालेकामा चिन्ता व्यक्त गर्दै भने, ‘संसारका ठूला देशका कारण भएको कार्बन उत्सर्जनको असर नेपालका हिमालमा देखिनु दुःखद कुरा हो ।’

सगरमाथा सफा हुन महासागरको सफाइमा समेत ध्यान दिनुपर्ने प्रधानमन्त्री ओलीको भनाइ छ । प्रधानमन्त्री ओलीले सगरमाथा क्षेत्रमा खाद्य पदार्थका खोल, प्लाष्टिकजन्य पदार्थ फालेर सगरमाथाको प्राकृतिक स्वरुपलाई कुरुप बनाउन नहुनेमा जोड दिए ।

उनले पासाङ ल्हामु शेर्पा नेपाली महिलाका प्रेरणाकी स्रोत र साहसी भएको बताएका छन् । प्रधानमन्त्री ओलीले नेपालमा असंख्य हिमाल रहेको बताउँदै तिनको संरक्षणमा ध्यान दिनु आवश्यक रहेको बताए । प्रधानमन्त्री ओलीले भने, ‘हाम्रा हिमाललाई संरक्षण गर्नुपर्छ ।

प्रकाशित मिति: Apr 23, 2018

प्रतिक्रिया दिनुहोस्