Logo
८ बैशाख २०८१, शनिबार
(April 23, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बम विस्फोटन गराएको अभियोगमा प्रहरीद्धारा दुई जनाको पक्राउ

विराटनगर : विराटनगरस्थित भारतीय राजदूतावासको सम्पर्क कार्यालयनजिक बम विस्फोट गराएको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मोरङको बेलबारी नगरपालिका–४ बस्ने ४२ वर्षीय युगेन भन्ने उदय राई र ताप्लेजुङको थुकिमा–७ बस्ने ३४ वर्षीय भीम लिम्बू रहेको जिल्ला प्रहरी कार्यालय मोरङले सोमबार पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । दुवै जनालाई गत आइतबार प्रहरीले पक्राउ गरेका हुन् । वैशाख ३ गते बेलुकी ८ः१५ बजेको समयमा विराटनगर–१३ स्थित सो कार्यालयको पश्चिमतर्फको खुल्ला चौरमा उनीहरुले बम विस्फोट गराएको बताइएको छ ।

विस्फोटनबाट सो सम्पर्क कार्यालयको पर्खालमा सामान्य क्षति भएको थियो । साथै सो विस्फोटन भएको स्थानको नजिकमा रहेको देवकान्त झाको घरको झ्यालको सिसाको तोडफोडमा समेत संलग्न रहेको अनुसन्धानबाट खुल्न आएको प्रहरी नायब उपरीक्षक विष्णुहरि कोइरालाले जानकारी गराएका छन् । (रासस)

प्रकाशित मिति: Apr 23, 2018

प्रतिक्रिया दिनुहोस्