Logo
१५ चैत्र २०८०, बिहीबार
(April 23, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जुवातास खेल्दै गरेको अवस्थामा १३ थान तास,नगदसहित सात जना पक्राउ

भक्तपुर : मध्यपुरथिमि नगरपालिका–५ कमेरोटारबाट जुवातास खेल्दै गरेको अवस्थामा सात जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बालकुमारी वन नजिकै तीनतले घरमा डेरा गरी बस्ने ३४ वर्षीय कुमार कार्कीले दैनिक जुवातास खेलाउने गरेको सूचनाका आधारमा प्रहरीले छापामारी कार्की सहित जुवातास खेल्दै गरेका सात जनालाई पक्राउ गरेका छन् ।

जुवातास खेल्दै गर्दा १३ थान तास, रु ७२ हजार ३०० नगद, ४०० भारु, तीन अमेरिकी डलर सहित उनीहरुलाई पक्राऊ गरेको महानगरीय प्रहरी परिषर भक्तपुरका प्रहरी निरीक्षक मदन केसीले जानकारी दिएका छन् ।

प्रकाशित मिति: Apr 23, 2018

प्रतिक्रिया दिनुहोस्