Logo
१६ चैत्र २०८०, शुक्रबार
(April 23, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संघीयता कार्यान्वयनका लागि विकास र समृद्धि आवश्यक : अध्यक्ष यादव

इनरुवा : संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संघीयता कार्यान्वयनका लागि विकास र समृद्धि आवश्यक रहेको बताएका छन् ।

सुनसरीको हरिनगरा गाउँपालिका–३ गौतमपुर र ४ बीचको कालोपत्रे सडक निर्माण शिलान्यास कार्यक्रममा अध्यक्ष यादवले सो कुरा बताएका हुन् ।

यादवले मुलुक लामो द्वन्द्व र संघर्षबाट गुज्रेकाले अब विकासको गतिलाई तीव्रपारि संघीयता कार्यान्वयनमा जोड दिएका छन् ।

अध्यक्ष उपेन्द्र यादवले मुलुकमा शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, विद्युत् र सञ्चारको विकास गरी नागरिकलाई सुशासनको महसुस गराउनुपर्ने आवश्यता औँल्याएका छन् ।

उनले फरक प्रसंगमा सहकारिताको माध्यमबाट बेरोजगारी र गरिबी हटाउन सकिने तर्क गर्दै स्थानीय सरकारले त्यसमा भूमिका निर्वाह गर्न सक्नुपर्ने विचार व्यक्त गरेका छन् ।

प्रकाशित मिति: Apr 23, 2018

प्रतिक्रिया दिनुहोस्