Logo
८ असार २०८२, आईतबार
(April 23, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मुलुकको समृद्धिका लागि पर्यटन प्रवद्र्धन गर्नुपर्छ : मन्त्री बस्नेत

काठमाडौं : वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले मुलुकको समृद्धिका लागि पर्यटन प्रवद्र्धन गर्नुपर्ने बताएका छन् । आइतबार यहाँ पर्यटन क्षेत्रमा समाचार सम्प्रेषण गर्दै आएको शिखरपोष्ट मिडिया गु्रपको चौथो वार्षिकोत्सव कार्यक्रमको उद्घाटन गर्दै मन्त्री बस्नेतले आगामी वर्षसम्म नेपाल घुम्ने पर्यटकले वातावरणको क्षेत्रमा उल्लेख्य विकास भएछ भन्ने सन्देश प्रवाह गर्न सक्ने अवस्था सिर्जना गर्ने दृढता व्यक्त गरेका छन् ।

उनले मुलुक र जनताको हितलाई सर्वोपरी राखी सञ्चार माध्यमले कार्य गर्नुपर्ने बताएका छन् । सांसद हेमकुमार राईले विकास निर्माणमा सबैको ध्यान गएको बताउँदै नयाँ नेपालको सपना साकार पार्न सबै एकढिक्का भएर अघि बढ्नुपर्छ भने, । पूर्व पर्यटनमन्त्री कृपासुर शेर्पाले समृद्धि नारामा मात्रै नभई ठोस योजना तथा कार्यक्रममार्फत हुनुपर्ने विचार व्यक्त गरेका छन् । शिखरपोष्ट मिडिया गु्रपका अध्यक्ष प्रकाश खालिङले आर्थिक समृद्धिका लागि मुलुकमै लगानीको वातावरण निर्माण गर्नुपर्ने बताएका छन् ।

कार्यक्रममा मन्त्री बस्नेतले शिखरपोष्ट मिडिया गु्रपको अर्को संस्करण शिखर अनलाइन टेलिभिजनको औपचारिक शुभारम्भ गरेका छन् । कार्यक्रममा विभिन्न क्षेत्रबाट मुलुकको विकासमा योगदान पु¥याउने व्यक्ति तथा संस्थालाई सम्मान गरिएको थियो ।

प्रकाशित मिति: Apr 23, 2018

प्रतिक्रिया दिनुहोस्