Logo
१४ बैशाख २०८१, शुक्रबार
(April 23, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवको ललितपुर स्थित घरमा बम विस्फोट

काठमाडौं : प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवको घरमा बम विस्फोट भएको छ । आइतबार साँझ ललितपुरको हात्तीवनस्थित यादवको घरको कम्पाउण्डमा विस्फोट हुँदा वाल भत्किएको छ ।

बम विस्फोट हुँदा यादवको घरको पर्खालमा क्षति पुगेको प्रहरी परिसर जावलाखेलका एसएसपी गणेश ऐरले जानकारी दिए । उनका अनुसार विस्फोट भएको ठाउँमा दुईवटा शंकास्पद वस्तु फेला परेका छन् ।

विस्फोटको कारण खोजी भइरहेको प्रहरीले जनाएको छ । घटनास्थलमा अहिले प्रहरी परिचालन गरिएको छ । विस्फोट लगत्तै प्रहरीले विस्फोटमा संलग्नको खोजी सुरु गरेको छ ।

विस्फोट भएको स्थानमा कुनै पर्चा समेत नभेटिएकाले विस्फोट कसले गराएको हो भन्ने एकिन हुन नसकेको एसएसपी ऐरको भनाइ छ ।

प्रकाशित मिति: Apr 22, 2018

प्रतिक्रिया दिनुहोस्