Logo
७ बैशाख २०८१, शुक्रबार
(April 22, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

साढे ३३ केजी सुन प्रकरणमा पूर्व डिआईजी गोविन्द निरौला पक्राउ

काठमाडौं, ९ बैशाख : साढे ३३ केजी सुन प्रकरणमा नेपाल प्रहरीका पूर्व डिआईजी गोविन्द निरौला पक्राउ परेका छन् ।निरौलाले गत २९ चैतमा अवकाश पाएका प्रहरी अधिकृत हुन् ।

प्रकरणको अनुसन्धान गर्न गठित छानबिन समितिले उनलाई आइतबार पक्राउ गरेको प्रहरी स्रोतले बतायो । उनलार्इ महानगरीय प्रहरी वृत्त, बानेश्वरको हिरासतमा राखिएको स्राेतले बतायो ।

अनुसन्धानमा संलग्न अधिकारीका अनुसार विमानस्थल प्रहरी प्रमुख रहेका वेला निरौला निरन्तर सुन तस्करी गर्ने गिरोहसँग सम्पर्क रहेका थिए ।

गत ७ माघमा यूएर्इबाट अाएको तस्करीको साढे ३३ केजी सुन गायब प्रकरण र उर्लाबारीका सनम शाक्यको हत्याकाण्डमा प्रहरीकै मिलेमतो रहेको अाशंकामा घटनाको अनुसन्धानका लागि गृहमन्त्रालयले सह-सचिव ईश्वर पौडेल नेतृत्वको छानवीन समिति गठन गरेको थियो ।

प्रकाशित मिति: Apr 22, 2018

प्रतिक्रिया दिनुहोस्