Logo
१६ चैत्र २०८०, शुक्रबार
(April 22, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नक्कली बिलबुक बनाई चोरीको मोटरसाइकल बेच्ने तीन पक्राउ

काठमाडौं : महानगरीय प्रहरी परिसरले नक्कली बिलबुक बनाई चोरीका मोटरसाइकल बेच्ने तीन जनालाई पक्राउ गरेको छ । परिसरबाट खटिएको टोलीले नक्कली बिलबुक बनाएर मोटरसाइकल बेच्दै आएका दाङका सनम चौधरी, मकवानपुरका धनबहादुर योञ्जन र दोलखाका गोपाल नेपालीलाई आज पक्राउ गरेको हो ।

परिसरले आज पत्रकार सम्मेलन गरी भारतबाट विभिन्न कम्पनीका मोटरसाइकल चोरी निकासी गरी नेपाल ल्याई नक्कली बिलबुक बनाएर बेच्ने गरेको बताएको छ ।

सम्मेलनमा परिसरका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक विश्वराज पोखरेलले योञ्जन मुख्य एजेन्ट, नेपाली सहायक एजेन्ट र चौधरी ग्राहक खोजी बिक्री गर्ने गरेको अनुसन्धानमा खुल्न आएको बताउनुभयो ।

उहाँले चोरी भएका १३ मोटरसाइकल बा ९१ प ९१९५, बा ९२ प ४६००, बा ९२ प ७२०९, बा ८४ प ५४८३, बा ९२ प ६१८६, बा ६९ प ९२२६, बा ५३ प ३२०४, लु ३९ प १२९४, लु ३९ प १७६६, लु ३८ प ७०६५, ना ५१ प ५८६४, बा ८५ प ६६४४ र बा ८६ प ९४१६ रहेको जानकारी दिनुभयो ।

प्रहरीले मोटरसाइकलको साँचो छ थान, बिलबुक सात थान, मोबाइल दुई थान र नगद रु एक लाख ४२ हजार ३५० बरामद गरेको छ । उनीहरुलाई सरकारी छाप दस्तखत कीर्ते र ठगी मुद्दा दर्ता गरी कारबाही गरिने परिसरले जनाएको छ ।

यसैगरी परिसरले प्रतिबन्धित लागुऔषध कारोबार गर्ने चार जनालाई पक्राउ गरेको छ । परिसरअन्तर्गत रहेको महानगरीय प्रहरीवृत्त सोह्रखुट्टेले लागुऔषध ओसारपसार गरेको भन्दै स्याङ्जाका रविन गुरुङ, सोलुखुम्बुका लाक्पा शेर्पा, पर्साका दीपुकुमार र सोही स्थानका राजु कुमारलाई शनिबार साँझ पक्राउ गरेको हो ।

उनीहरुसँग प्रहरीले डाइजेल्याव ५७६, फेनार्गन ५९० एम्पुल र नुर्फिन ५५६ एम्पुल बरामद गरेको हो ।

प्रकाशित मिति: Apr 22, 2018

प्रतिक्रिया दिनुहोस्