Logo
१३ बैशाख २०८१, बिहीबार
(April 22, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

माओवादी अध्यक्ष दाहालसमक्ष ओलीको कटाक्ष : ‘म सेन्टिमेन्टल हुन्न, नआत्तिनुस्’

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालमाथि कटाक्ष गरेका छन्। उनले पार्टी एकतापछि दुबैतर्फका नेता कार्यकर्तासहित सबै सदस्यलाई उचित स्थान र सम्मान दिइने भन्दै माओवादीलाई नआत्तिन सांकेतिक रुपमा आग्रह समेत गरे। ‘यो एकता मेलामा लगाएको मित होइन।

हामीबीच नीतिगत र सैद्धान्तिक मैतक्यता छ। विहे गर्न अघि अलग-अलग घर हुन्छ। अनि विहे भइसकेपछि त्यो घरको विरालो, बाच्छोको पनि माया लाग्छ। अनि एकतापछि नौ गते दाँतमा कर्णिक्क दाँतमा ढुंगो लागेकोजस्तो किन गरेको होला भन्ने लाग्छ।

बेला-बेला भावनामा बग्ने र निर्णय परिवर्तन गरिरहने दाहालतर्फ कटाक्ष गर्दै नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसमा ओलीले राष्ट्रिय सभागृहमा आयोजित एमाले–माओवादीको संयुक्त समारोहमा भने– ‘दातमा ढुंगो लागेको हो आज पनि। म सेन्टिमेन्ट हुन्न। एकता बजारमा घुम्न गएको बेला टपक्क टिपेर ल्याएको होइन। हामीले नगरी हुँदैन। हाम्रै पहलबाट यो अवस्थामा आएका हौं। अब जुता मिलेन भनेर छुट लिने ठाउँ छैन, खुट्टा ताछेर पनि मिलाउनुपर्छ। एकताको विकल्प छैन्।’

हिंसाको बाटो आजको आवश्यकता नभएको भन्दै उनले अब सबै देशको विकास र समृद्धिमा लाग्नुपर्नेमा जोड दिए। ‘कोही कोही क्रान्तिका नाममा अनेकन फण्डा गरिरहेका छन्। अब त्यस क्रान्तिको अर्थ के?’, विप्लवतर्फ व्यंग्य गर्दै ओलीले भने– ‘देशमा विकास गर्ने, शान्ति स्थापना गर्ने होइन ?’ प्रधानमन्त्री ओलीले सरकार मालिक नभई सेवक भएको स्पष्ट पार्दै भने– ‘जनतालाई सेवा प्रदान गर्ने, जनतालाई गोलबन्द गरेर नेतृत्व गर्ने हो। सरकार मालिक होइन सेवक हो। सरकार पारदर्शी भएर चल्छ। सरकार गरिब निमुखाको सेवा गर्न बनेको हो। जुन पार्दशिताको बाटोबाट, सुशासनको बाटोबाट अघि बढ्छ।’

प्रकाशित मिति: Apr 22, 2018

प्रतिक्रिया दिनुहोस्