Logo
८ बैशाख २०८१, शनिबार
(April 22, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

धावनमार्ग मर्मतका लागि विराटनगरको विमानस्थल बन्द

काठमाडौं : धावनमार्ग सुधार तथा मर्मतका क्रममा विराटनगरस्थित विमानस्थल दिउँसोदेखि बन्द गरिएको छ।विमानस्थलका केही भागमा स्तरोन्‍नतिको कार्य सुरु गरिएको हुनाले हवाइसेवा बिहानदेखि दिउँसो २ बजेसम्म मात्र सुचारु हुने नेपाल नागरिक उड्डयन कार्यालय विराटनगरका प्रमुख टंकनाथ सिटौलाले आइतबार जानकारी दिएका छन्।

निर्माणकार्यको जिम्मेवारी लिएको कान्छाराम तामाङ कन्ट्रक्सनको १५ दिनभित्र निर्माण कार्य सक्नुपर्ने प्रमुख सिटौलाको भनाइ छ। यसबीच यात्रुलाई असुविधाको परिस्थित आउन नदिन हवाइसेवा कम्पनीले पनि सेवा सहज बनाउने जनाएको छ।

प्राधिकरणका प्रमुख सिटौलाले हाल विमानस्थल भित्र रनवेको सानो भाग, एप्रोन तथा ट्याक्सी वे को मर्मत तथा निर्माण कार्य भइरहेको बताए। श्रीएयरलाइन्सका स्टेशन म्यानेजर अर्जुन कार्की अनुसार, विहान ९:३० देखि २ बजेसम्मको समय विमानस्थलले दिएकोछ, हामीले यात्रुलाई असुविधा नपर्नेगरि उडानलाई नियमित गरिरहेका छौ।

हाल विराटनगरबाट काठमाडौं, भोजपुर, तुम्लिङटार लगायतका स्थानमा श्री एयरलाइन्स, बुद्ध, यति, सीता एयरलाइन्स र सौर्य एयरलाइन्स लगायतका हवाइकम्पनीले उडान भर्दै आएकाछन्। रातीको समय समेत उडान भर्दै आएको यस विमानस्थलमा दैनिक दर्जनबढी हवाइ उडान हुने गरेको छ।

प्रकाशित मिति: Apr 22, 2018

प्रतिक्रिया दिनुहोस्