Logo
१२ बैशाख २०८१, बुधबार
(April 22, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सार्वजनिक यातायातबाट १२ बालकको उद्धार

काठमाडौं : उपत्यकामा सञ्चालित सार्वजनिक यातायातबाट चालकको सहयोगीका रुपमा कार्यरत १२ बालकको उद्धार गरिएको छ ।

श्रम कार्यालय बागमती, केन्द्रीय बालकल्याण समिति र बालअधिकारका क्षेत्रमा कार्यरत निकाय तथा संघ–संस्थाको सहकार्यमा काठमाडौँ उपत्यकामा गरेको अभियानअन्र्तगत आईतबार १६ वर्ष मुनिका १२ जना बालकको उद्धार गरिएको हो ।

बालश्रम (निषेध र नियमित गर्ने) ऐन, २०५६ अनुसार ती बालकको उद्धार गरिएको हो । उक्त ऐनअनुसार सार्वजनिक यातायातमा बालबालिकालाई श्रममा लगाउनु हुँदैन । सार्वजनिक यातायात (बस, मिनिबस, माइक्रोबस, टेम्पो र ढुवानीका साधन)का साधनमा बालश्रमरहित बनाउने अभियानको आईतबार चौथो दिन स्वयम्भू चोकबाट १२ बालकको उद्धार गरिएको हो ।

श्रम कार्यालय बागमतीका कार्यालय प्रमुख उदयकुमार गुप्ताको नेतृत्वमा शुरु गरिएको सो अभियानमा आज १९१ गाडीको अनुगमन गरिएको थियो ।

प्रकाशित मिति: Apr 22, 2018

प्रतिक्रिया दिनुहोस्