Logo
१२ बैशाख २०८१, बुधबार
(April 22, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दरवाङ बजारमा तारजडित टेलिफोन सेवा विस्तार

बाबियाचौर : म्याग्दीको सदरमुकाम बेनीदेखि २४ किमी पश्चिम अवस्थित मालिका गाउँपालिकाको केन्द्र दरवाङ बजारमा तारजडित टेलिफोन सेवा विस्तार भएको छ ।

सरकारी स्वामित्वको दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमले मालिका गाउँपालिका– ५ देवीस्थानमा रिपिटर टावर स्थापना गरेर योङ जेनेरेशन नेटवर्क (एनजिएन) प्रविधिको टेलिफोन विस्तार गरेको हो । टेलिफोनसँगै एडिएसएल इन्टरनेट चलाउन सकिने प्रविधिको ११० लाइन टेलिफोन जडान गरिएको टेलिकम म्याग्दीका प्रमुख विष्णुदेव साहले जानकारी दिए । तारजडित टेलिफोन सेवा विस्तार भएपछि म्याग्दीको दोस्रो व्यापारिक केन्द्र दरवाङ बजारका बासिन्दालाई सुलभ रुपमा सूचना, सन्देश, समाचार आदानप्रदानमा सहज भएको छ ।

सार्वजनिक सेवा प्रवाह, व्यापारिक गतिविधि र बैंकिङ सेवामा सहज भएको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले बताए । टेलिकमले यसअघि बेनीमा एक हजार २६१, पर्यटकीयस्थल घोडेपानीमा ३४ र गलेश्वरमा ५१ लाइन तारजडित टेलिफोन वितरण गरेको छ । एक लाख १३ हजार जनसंख्या रहेको म्याग्दीमा टेलिकमले गत चैतसम्म ७२ हजार ५५७ पोष्टपेड र प्रिपेड मोबाइल सिम वितरण गरेको छ ।असी प्रतिशत जिल्लावासीमा नेपाल टेलिकमको सञ्चार सेवाको पहँुच पुगेको शाखा प्रमुख साहले बताए । म्याग्दीमा टेलिकमका २५ मोबाइल बिटिएस, पाँच सिडिएमए र चार वाइम्याक्स टावर सञ्चालनमा छन् ।  (रासस)

प्रकाशित मिति: Apr 22, 2018

प्रतिक्रिया दिनुहोस्