Logo
१३ बैशाख २०८१, बिहीबार
(April 22, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रतिशत तोकेर एकतामा नजाने र अहिले नै मिति नतोक्न माओवादी निष्कर्ष

काठमाडौँ, ९ वैशाख : नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालयको विस्तारित बैठकले पार्टी एकताका लागि अहिले नै मिति तोक्न नहुने निष्कर्ष निकाल्दै प्रतिशत नै तोकेर एकतामा जान नहुने निर्णय गरेको छ ।

बैठकमा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच केही दिनदेखि जारी बैठकमा भएका प्रगतिका बारेमा बैठकमा दाहालले सहभागी सदस्यहरुलाई जानकारी गराएका थिए । उनले चुनाव चिह्न सूर्य नै राख्ने र जनयुद्ध, जनआन्दोलन लगायत लोकतान्त्रिक परिवर्तनका आन्दोलनहरुलाई अन्तरिम विधानमा राख्नेमा प्रधानमन्त्री ओलीसँग सहमति भएको जानकारी बैठकलाई दिएका थिए ।

अध्यक्ष निवास खुमलटारमा बिहान ७ बजेबाट जारी बैठकमा पार्टी एकता र समसामयिक राजनीतिक विषयका बारेमा छलफल भएको थियो । बैठकमा सहभागी माओवादी नेता देवेन्द्र पौडेलले भने, ‘सम्मानजनक एकतामा जाने विषयमा छलफल भयो । प्रतिशत तोकेर एकतामा जाँदा त्यसको सन्देश नकारात्कम जाने र त्यसको असर पछिसम्म देखिने भएकोले त्यसो गर्न नहुने सबैजनाको सहमति भयो ।’

उनका अनुसार आइतबार हुने भनिएको दुवै पार्टीका अध्यक्षहरुको संयुक्त सम्बोधनमा अध्यक्ष दाहालले बोल्दा पार्टी एकतामा सकारात्मक सन्देश जाने गरी वक्तव्य दिने विषयमा पनि छलफल भएको थियो । यस्तै सरकार परिचालनका सम्बन्धमा प्रधानमन्त्रीसँग छलफल गरेर एउटा संयन्त्र बनाउन पनि प्रस्ताव गर्ने बारे बैठकमा सहमति भएको छ ।

 

प्रकाशित मिति: Apr 22, 2018

प्रतिक्रिया दिनुहोस्