Logo
६ बैशाख २०८१, बिहीबार
(April 22, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आईपीएल क्रिकेट : बैंगलोर ६ विकेटले विजयी, दिल्लीको चौथो हार

काठमाडौं : इन्डियन प्रिमियर लिग (आईपीएल)मा रोयल च्यालेन्जर्स बैंगलोर विजयी भएको छ । शनिबार राति भएको खेलमा बैंगलोरले दिल्ली डेयरडेभिल्सलाई ६ विकेटले हराएको हो । टस हारेर पहिले व्याटिङ गरेको दिल्लीले २० ओभरमा ५ विकेटको क्षतिमा १७४ रन बनाएको थियो ।

१७५ रनको लक्ष्य पछ्याएको बैंगलोर १८ ओभरमा ४ विकेट गुमाएर १७६ रन बनायो । बैंगलोरको पाँच म्याचमा यो दोस्रो जित हो भने समान खेल खेलेको दिल्लीको चौथो हार हो । बैंगलोरको जितमा एविडी भिलियर्सले नटआउट ९० रनको योगदान गरे । ३९ बल सामना गरेका उनले १० चौका र ५ छक्का प्रहार गरेका थिए ।

उनी प्लेयर अफ दि म्याच भए । कप्तान विराट कोहलीले ३० रन बनाए । बलिङतर्फ हर्सल पटेल, ग्लेन म्याक्सवेल र ट्रेन्ट बोल्टले एक-एक विकेट लिए ।यसअघि पहिले व्याटिङ गरेको दिल्लीका लागि रिसब पन्तले सर्वाधिक ८५ रनको योगदान गरे पनि जित दिलाउन सकेनन् ।

४८ बल सामना गरेका उनले ६ चौका र ७ छक्का प्रहार गरेका थिए । यसैगरी श्रेयस ऐयरले अर्धशतक पूरा गरेका थिए । ४ चौका र ३ छक्काको मद्दतमा उनले ५२ रन बनाएका थिए । बलिङतर्फ युजवेन्द्र चहलले २ विकेट लिए ।

प्रकाशित मिति: Apr 22, 2018

प्रतिक्रिया दिनुहोस्