Logo
७ बैशाख २०८१, शुक्रबार
(April 22, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाल शैक्षिक परामर्श संघ अध्यक्षमा पाण्डे विजयी

काठमाडौं, ९ वैशाख : नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को अध्यक्षमा विष्णुहरि पाण्डे विजयी भएका छन् । अध्यक्षका प्रत्यासी सरोजकुमार बस्नेतलाई पराजित गर्दै पाण्डे अध्यक्षमा निर्वाचित भएका हुन् । प्रथम उपाध्यक्षमा भने बस्नेत समूहका महेशबाबु तिमिल्सिनाको पल्लाभारी भएको छ । शनिबार सम्पन्न निर्वाचनमा पाण्डेले १७७ मत ल्याए भने बस्नेत १६५ मतमा रोकिए ।

इक्यानले दिएको जानकारी अनुसार, तिमिल्सिना १७९ मतका साथ विजयी भएका हुन् ।  राजेन्द्र रिजाल १७६ र देवीदास भट्टराई १६९ मत ल्याएर क्रमशः द्वितीय र तृतीय उपाध्यक्ष बन्न सफल भएका छन् । रिजाल बस्नेत समूहका हुन् भने भट्टराई पाण्डेको प्यानलबाट चुनावी मैदानमा उत्रिएका थिए ।

उपाध्यक्षको प्रतिस्पर्धामा उत्रिएकी सपना राजभण्डारी १५८ मत पाइन् भने खड्ग ताम्लिङले १४३ मत बटुले । इक्यानले दिएको जानकारी अनुसार, उपाध्यक्षमा पराजित उमेश ढुंगेलले १०१ र कृष्णहरि केसीले ३९ मत पाएका छन् ।महासचिवमा शेषराज भट्टराई विजयी भएका छन् । उनी सन्तोष प्याकुरेललाई ६६ मतान्तरले पराजित गर्दै विजयी भएका हुन् । भट्टराईले २०३ मत ल्याउँदा प्याकुरेल १३७ मतमा रोकिए ।

सचिवमा दीपकराज भुसाल र विक्रम केसी विजयी भएका छन् । उनीहरुले क्रमशः १८७ र १४१ मत बटुले । कोषाध्यक्षमा गोविन्द अधिकारी र सह–कोषाध्यक्षमा निरुपमा महर्जनको पल्लाभारी भएको छ । निर्वाचन समितिका अनुसार वासुदेव दाहाल, कर्णबहादुर गुरुङ, सुस्मा आचार्य, सुदन चौहान, बालकृष्ण श्रेष्ठ र प्रकाश श्रेष्ठ सदस्यमा छानिएका छन् ।

त्यसैगरीसुनिता श्रेष्ठ, यज्ञविलास पौडेल, प्रशान्त शाह, महेश कुमार श्रेष्ठ, दीपक कोइराला, नवराज खत्री, हरिराम लामिछाने, पुष्पराज भट्टराई,सोवित श्रेष्ठ, मणिराम राउत र मनोरथप्रसाद शाह पनि सदस्यमा विजयी भएका छन् ।

प्रकाशित मिति: Apr 22, 2018

प्रतिक्रिया दिनुहोस्