Logo
१५ बैशाख २०८१, शनिबार
(April 21, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चीन भ्रमण सकेर फर्के परराष्ट्रमन्त्री ज्ञवाली : ‘त्रिदेशी सम्बन्धबाट लाभ उठाउन प्रस्ताव’

काठमाडौं, ८ बैशाख : परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले चीनले नेपाल समक्ष त्रिदेशीय अवधारणाको प्रस्ताव राखेको बताएका छन् ।  साताव्यापी चीन भ्रमण सकेर सनिबार स्वदेश फर्किएका परराष्ट्रमन्त्री ज्ञवालीले चीनका विदेशमन्त्री वाङ यीेले त्रिदेशी सम्बन्धबाट नेपालले लाभ उठाउन प्रस्ताव गरेको बताए । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री ज्ञवालीले चीनले राखेको त्रिदेशीय अवधारणाको प्रस्तावलाई आफुहरुले सकारात्मक रुपमा लिएको पनि बताए ।

परराष्ट्रमन्त्री ज्ञवालीले चर्चामा आएजस्तो प्रधानमन्त्रीको भ्रमणको तयारीका लागि मात्रै आफ्नो चीन भ्रमण नभएको स्पष्ट पारे । नेपालमा नया सरकार गठनको नया परिस्थितिमा दुई देशीय सम्बन्ध प्रगाढ बनाउदै सहयोगका लागि नया क्षेत्र खोज्ने सन्र्दभमा भ्रमण केन्द्रीत भएको उनले बताए ।

भ्रमणका क्रममा आफुले केरुङ –काठमाण्डौ, काठमाण्डौ –पोखरा हुदै लुम्बिनी जोड्ने सीमा वारपार रेलमार्ग चीन विशेष प्राथमिकता दिई बनाईदिओस् भन्ने प्रस्ताव गरेको उनले बताए । उनले रसुवागढी– केरुङ र तातोपानी झाङमु नाकाहरुको स्तरोन्नती तथा भुकम्प पछि अवरुद्ध बनेको तातोपानी नाका संचालन सम्बन्धमा पनि कुराकानी भएको उल्लेख गर्दै छिट्टै संञ्चालनमा आउनेमा आफु विश्वस्त भएको बताए ।

प्रकाशित मिति: Apr 21, 2018

प्रतिक्रिया दिनुहोस्