Logo
१६ चैत्र २०८०, शुक्रबार
(April 20, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राजपालाई अझै सशक्त बनाउने घोषणा (फोटो-फिचर)

काठमाडौं, ७ बैशाख : राष्ट्रिय जनता पार्टी, नेपालले पार्टीलाई अझै सशक्त बनाउने घोषणा गरेको छ । पार्टीको काठमाडौंमा आयोजित प्रथम वार्षिक कार्यक्रममा बोल्दै नेताहरुले पार्टीलाई अझै सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरेका हुन ।

विगतमा कमी कमजोरीबाट सिकेर पार्टीलाई अझै सशक्त बनाउने संकल्प गरिएको पार्टीका नेता राजकिशोर यादवले बताए । उनले मुलुकलाई समृद्ध बनाउने अभियाको पनि पार्टीले नेतृत्व लिने बताए ।

कार्यक्रममा प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, काँग्रेस नेताहरु अर्जुननरसिंह केसीलगायत विभिन्न राजनीतिक दलका नेताहरु सहभागी भएका थिए । कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली भने कार्य ब्यवस्तताका कारण उपस्थित भएनन् ।

प्रकाशित मिति: Apr 20, 2018

प्रतिक्रिया दिनुहोस्