Logo
१५ चैत्र २०८०, बिहीबार
(April 20, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

माइतीघरको निषेधाज्ञा प्रति डा.केसीको विरोध, निषेधित क्षेत्र तोडेर प्रदर्शन गर्ने चेतावनी

काठमाडौं : प्रा. डा. गोविन्द केसीले माइतीघर मण्डलामा शान्तिपूर्ण प्रदर्शन गर्न रोक लगाएकोमा विरोध गरेका छन् । डा. केसीले शुक्रबार विज्ञप्ति निकालेर यो कुटिल र प्रतिगामी निर्णय भएको भन्दै उनले तत्काल सच्याउन सरकारलाई आग्रह गरेका छन् ।

‘यदि सीमित नेता र तिनका वरिपरिका मानिसहरुका कारण मात्रै समाज र देश धानिएको तथा समाजलाई अघि बढाउन आमनागरिकको कुनै भूमिका नभएको, उनीहरुको आवाज सुनुवाइ हुनुनपर्ने र प्रदर्शन गरे दमन गर्ने गुरुयोजनासहित निषेधित क्षेत्रको निर्णय लिइएको हो भने त्यस्ता निषेधाज्ञा तोड्नुलाई हामी आफ्नो कर्तव्य सम्झन्छौं’, डा.केसीद्धारा जारी विज्ञेप्तीमा भनिएको छ ।

उनले तल्लो निकायले खेलाँचीपूर्वक त्यस्तो संवेदनशील निर्णय लिएको भए त्यसलाई सच्याउने निर्देशन दिन सरकारलाई आग्रह गरेका छन् । अभिव्यक्ति स्वतन्त्रतमाथि सरकारी हस्तक्षेपविरुद्ध निषेधित क्षेत्र तोडेर प्रदर्शन गर्ने डा. केसीको चेतावनी छ ।

उनले माइतीघर मण्डलानमा निषेधित क्षेत्र घोषणा गर्दा सडक सफा राख्ने वा ट्राफिक व्यवस्थापन सहज बनाउनु जस्ता काइते तर्क देखाइनु लाजमर्दो भएको बताएका छन् । त्यस क्षेत्रमा हुने प्रदर्शनका कारण कुनै समस्या भएको भए समाधान गर्न सघाउने डा. केसीले बताएका छन् ।

प्रकाशित मिति: Apr 20, 2018

प्रतिक्रिया दिनुहोस्