Logo
१५ चैत्र २०८०, बिहीबार
(April 20, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लामो बैवाहिक जीवनको एक छिन् मै अन्त गरे यी चर्चीत कलाकारहरु

रीमा–रोबर्ट
अभिनेत्री रीमा विश्वकर्माको वैवाहिक सम्बन्ध टुंगिएको छ । विवाह भएको दुई वर्ष नपुग्दै उनी रोबर्ट विश्वकर्माबाट टाढिएकी हुन्। रोबर्ट बेलायतमा बस्छन् । कार्य व्यस्तताले गर्दा रीमाले रोबर्टलाई समय दिन नसक्दा उनीहरूबीच सम्बन्ध बिच्छेद भएको हो । रीमा अहिले गायन रियालिटी सो ‘नेपाल आइडल सिजन–२’ व्यस्त छिन् ।

मिलन–मेन्सन
गायिका मिलन अमात्यको पनि सबन्ध बिच्छेद भएको छ । श्रीमान् मेन्सन अमात्यसँग सम्बन्ध विच्छेद गरेकी हुन्। बिहे भएको छ वर्षपछि उनीहरू छुट्टिएका हुन् ।तर, मिलन र मेन्सनले भने यसबारे केही भनेका छैनन्।

अरुणिमा–अमित
अभिनेत्री अरुणिमा लम्साल र अमित अर्यालले पनि सम्बन्ध विच्छेद भएको छ ।उनीहरूकी छ वर्षकी छोरी अक्षता छिन्। विवाह गरेको १२ वर्षपछि उनीहरूले आफ्नो सम्बन्ध टुंग्याएका हुन्।

मनोज–मीना
हास्य कलाकार मनोज गजुरेलले आफ्नी श्रीमती मीना गजुरेल ढकालसँग सम्बन्ध विच्छेद गरेका छन् । २२ वर्ष लामो वैवाहिक जीवनपछि उनीहरू छुटिएको हो । मनोज गजुरेलका दुई सन्तान छन् ।

प्रकाशित मिति: Apr 20, 2018

प्रतिक्रिया दिनुहोस्