Logo
१४ बैशाख २०८१, शुक्रबार
(April 20, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

थाहा पाईराख्नुस् घ्यु कुमारी र काँचो केराको यस्ता अचूक औषधि

घ्यु कुमारीको गुदीले पाइल्सका रोगीका लागि धेरै उपयोगी हुन्छ । पाइल्सका कारण मलद्वार दुख्ने वा पोल्ने हुन्छ । त्यसैले विस्तारै घिउकुमारीको गुदी लगाउने जसले शीतलता प्रदान गर्छ ।

बदामको तेल अर्थात् बदाम रोगन पनि लगाउन सकिन्छ। एक दिनमा ३/४ पटक मलद्वारमा बदामको शुद्ध तेल लगाए आराम मिल्छ।

पाइल्सका रोगीले तारेको/भुटेको तथा रेशारहित खाना खानु हुँदैन। कब्जियत हुन नदिन रेसायुक्त (फाइबर) खाना प्रशस्त खानुपर्छ। अलिभको तेल लगाउँदा पनि आराम प्राप्त हुन्छ ।

मूलाको रस बिहान बेलुका खाँदा पाइल्सका रोगीलाई फाइदा हुन्छ । काँचो केरा उसिनेर बिहान बेलुका खाँदा फाइदा मिल्छ ।

आँपको कोयाको गुदीको चूर्ण महसँग मिसाएर खान सकिन्छ ।

एजेन्सीको सहयोगमा

प्रकाशित मिति: Apr 20, 2018

प्रतिक्रिया दिनुहोस्