Logo
७ बैशाख २०८१, शुक्रबार
(April 20, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अन्तर्राष्ट्रिय प्राज्ञिक क्षेत्रमा प्रतिष्पर्धा गर्ने शिक्षा आवश्यक : मुख्यमन्त्री पौडेल

हेटौँडा : प्रदेश नं ३ प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले अन्तर्राष्ट्रिय प्राज्ञिक क्षेत्रमा प्रतिष्पर्धा गर्न सक्ने शिक्षाको विकासलाई संघीय सरकारले उच्च प्राथमिकताका साथ कार्यान्वयन गर्ने बताएका छन् ।

उनले मकवानपुर जिल्लाको मनहरी गाउँपालिका–६ सुनाचुरीस्थित राष्ट्रिय माध्यमिक विद्यालयमा शुक्रबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै दक्ष जनशक्ति उत्पादन गर्ने प्राज्ञिक क्षेत्रलाई राजनीतिबाट मुक्त तुल्याउनुपर्छ भने, मुख्यमन्त्री पौडेलले प्रदेश सरकारले आगामी वर्षदेखि प्रदेश नं ३ अन्तर्गतका १३ जिल्लामा सडक यातायात, कृषि, स्वास्थ्य, खानेपानी र शिक्षाको विकासका कार्यक्रम र बृहत् योजनालाई कार्यान्वयन गर्ने लक्ष्य बताएका छन् ।

सो अवसरमा प्रतिनिधिसभाका सदस्य विरोध खतिवडा र मकवानपुर जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलालले शैक्षिक गुणस्तरलाई अभिवृद्धि गर्न स्थानीय अभिभावक एवं राजनीतिक दलका पदाधिकारीको सकारात्मक सहयोग हुनु पर्नेमा जोड दिएका छन् । मुख्यमन्त्री पौडेलले जिल्ला शिक्षा कार्यालय मकवानपुरद्वारा विद्यार्थी भर्ना अभियान अन्तर्गत शुक्रबार राष्ट्रिय माध्यमिक विद्यालयमा स्थानीय जेनिसा प्रजा र सञ्जीव ब्लोनलाई भर्ना गरेका छन् ।

प्रकाशित मिति: Apr 20, 2018

प्रतिक्रिया दिनुहोस्