Logo
६ बैशाख २०८२, शनिबार
(April 20, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यी हुन् १५ श्रीमतीका श्रमिान, अनि देशको नाम फेर्ने राजा

अफ्रिकाको अन्तिम साम्राज्य स्वाजील्याण्डका राजा मस्वाती तृतीयले बुधबार देशको नाम परिवर्तन गरेका छन् । उनले देशको नाम स्वाजील्याण्डबाट परिवर्तन गरी द किङ्गडम अफ इस्वातिनी राख्ने घोषणा गरेका छन् । देश स्वतन्त्र भएको ५० वर्ष पुगेको अवसरमा आयोजित कार्यक्रममा राजा मस्वातीले यसको आधिकारिक घोषणा गरेका हुन् ।

विश्वमा निकै कम यस्ता व्यक्ति छन्, जसले आफ्नो देशको नाम परिवर्तन गर्न सक्छन् । त्यस्ता सीमित व्यक्ति मध्ये एक हुन्, स्वाजील्याण्डका राजा मस्वाती ।

नयाँ नामको अर्थ के ?
इस्वातिनीको अर्थ स्थानीय भाषामा स्वाजीहरुको भूमि हो । देशको नाम परिवर्तन आकश्मिक रुपमा भएको हो । तर राजा मस्वातीले लामो समयदेखि स्वाजील्याण्डलाई इस्वातिनी भन्दै आएका थिए ।

उनले सन् २०१७ मा संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने क्रममा तथा सन् २०१४ मा देशको संसदको उद्घाटनको क्रममा इस्वातिनी नाम प्रयोग गरेका थिए । केही मानिस भने राजाले देशको नाम परिवर्त गरेकोमा बेखुस छन् । उनीहरुले राजाले आफ्नो ध्यान देशको अर्थ व्यवस्था मजबुद बनाउन लगाउनु पर्ने न कि नाम परिवर्तनमा भन्ने गरेका छन् ।

सोभूजा द्वितीयका छोरा राजा मस्वातीका १५ श्रीमती छन् । औपचारिक रुपमा उनको बायोग्राफी लेख्ने व्यक्तिका अनुसार राजा मस्वातीका पिताले देशमा ८२ वर्षसम्म शासन गरेका थिए । यस क्रममा उनका १२५ श्रीमती थिए ।स्वाजीका मानिस राजालाई बाघ भनेर पनि बोलाउने गर्छन् । उनीहरुका धेरै श्रीमती हुने गर्छन् ।

प्रकाशित मिति: Apr 20, 2018

प्रतिक्रिया दिनुहोस्