Logo
१२ बैशाख २०८१, बुधबार
(April 20, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अन्तर्राष्ट्रिय र आन्तरिक उडान पनि ठप्प, हजारौं यात्रु अलपत्र

काठमाडौं, ७ वैशाख : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मालिन्दो एयरको जहाज दुर्घटना भएपछि आन्तरिक उडान पनि ठप्प भएको छ । आन्तरिक टर्मिनलमा सयौं यात्रुहरु अलपत्र परेका छन् । विमानस्थल प्रहरीका अनुसार उडान अवतरण कति बेलाबाट सुरु हुन्छ भनेर एकीनका साथ भन्न सकिने अवस्था अझै छैन ।

उनीहरु छिटो उडानको प्रतिक्षामा छन् । उनीहरु आफन्तहरुलाई टेलिफोन गर्दै उडान हुन नसक्दा भोग्नुपरेको समस्याबारे जानकारी गराइरहेको देखिन्छन् । चिनजानका व्यक्तिहरुलाई टेलिफोन गर्दै कतिबेला उडान होला भनेर जिज्ञासा राखिरहेका छन् ।

तर, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका एक अधिकारीले मध्याह्न १२ बजेभित्र विमानस्थल खुलाउने प्रयास भइरहेको अनलाइनखबरलार्इ जानकारी दिए । बिहीबार राति काठमाडौंबाट क्वालालम्पुर उड्न लाग्दा ओडी १८१ उडान नम्बरको मालिन्दो एयरको जहाज रनवेबाट चिप्लिएर घाँसे मैदानमा भासिएको थियो ।

रातिदेखि नै अन्तर्राष्ट्रिय र आन्तरिक उडान ठप्प छ । रातिदेखि नै जहाजलाई हटाउने प्रयास भइरहे पनि सफल भएको छैन । शुक्रबार बिहान पनि सुरक्षाकर्मी, प्राविधिक र विमानस्थलका कर्मचारीहरु जहाज हटाउने प्रयासमा छन् ।

प्रकाशित मिति: Apr 20, 2018

प्रतिक्रिया दिनुहोस्