Logo
१५ चैत्र २०८०, बिहीबार
(April 19, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मलेसियाका लागि उड्न लागेको विमान रनवेभन्दा बाहिर पुगेपछि विमानस्थल बन्द

काठमाडौँ : काठमाडौंबाट मलेसियाका लागि उड्न लागेको मालिन्दो एयरको जहाज बिहीबार राति रनवेभन्दा बाहिर पुगेको छ । उक्त जहाज रनवेभन्दा बाहिर पुगेर अड्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द भएको छ ।

के कारणले उक्त विमान रनवेभन्दा बाहिरपुगेको भन्ने बारेमा जानकारी हुन सकेको छैन । विमानभित्र के कति यात्रु थिए भन्ने बारेमा पनि जानकारी आएको छैन । उक्त विमान काठमाडौंबाट ९.४५ मा उड्नु पर्ने थियो ।

विमानस्थल बन्द भएकोले अवतरणको लागि अाएको चाइन साउर्थन, जेट फ्लाई, दुवई र मलेसियन एयरलाइन्सको विमानमध्ये तीन वटा कलकत्त र एउटा दिल्ली डाइभर्ट गरिएको छ ।

विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीका अनुसार मालिन्दोएयरको विमानबाट यात्रुहरुलाई बाहिर निकाल्न सुरु गरिएको छ । यात्रुहरु बाहिरनिकालिएपछि मात्र विमानस्थल खोल्ने उनले बताएका छन् ।

 

प्रकाशित मिति: Apr 19, 2018

प्रतिक्रिया दिनुहोस्