Logo
२० आश्विन २०७९, बिहीबार
(April 19, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपालमै पहिलो पटक आधुनिक तथा अपाङ्गतामैत्री पुस्तकालय निर्माण

नुवाकोट : भूकम्पले भत्काएपछि टहरामा सञ्चालन हुँदै आएको पुस्तकालयको सुविधासम्पन्न भवन निर्माण सम्पन्न भएको छ ।

बेलकोटगढी नपा–२ फाटापौवा कुमरीस्थित जनजागरण सामुदायिक पुस्तकालय स्रोत केन्द्र रु एक करोड ७५ लाखमा बनेको हो । रिड नेपाल र एएसबीको आर्थिक तथा प्राविधिक सहयोगमा जनजागरण सामुदायिक पुस्तकालयको पुनःनिर्माण तथा समुदायमा आधारित समावेशी विपद् जोखिम न्युनीकरण परियोजनाअन्तर्गत भवन निर्माण गरिएको पुस्तकालयका कार्यक्रम संयोजक श्यामराजा तिमल्सिनाले जानकारी दिए।

पुस्तकालय नेपालकै पहिलो अपाङ्गतामैत्री तथा बहुप्रकोप प्रतिरोधात्मक भएको पुस्तकालय व्यवस्थापन समितिले जिकिर गरेको छ । नवनिर्मित पुस्तकालय भवनमा पुस्तकालय, बाल, महिला, युवा, सभा, सूचना सञ्चार प्रवधि, विपद् जोखिम न्यूनीकरण र श्रव्यदृश्य कक्ष छन् ।

प्रकाशित मिति: Apr 19, 2018

प्रतिक्रिया दिनुहोस्